लुम्बिनी र हिमालयन इन्स्योरेन्सको हकप्रद निष्काशन, तिनाउको नबिकेको सेयर लिलामीमा

बिजमाण्डू
२०७४ असार १३ गते १०:१७ | Jun 27, 2017
लुम्बिनी र हिमालयन इन्स्योरेन्सको हकप्रद निष्काशन, तिनाउको नबिकेको सेयर लिलामीमा
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गरेका छन्। लुम्बिनीले १०० प्रतिशत र हिमालयनले १६६ प्रतिशतको अनुपातमा हकप्रद शेयरको बिक्री खुल्ला गरेका हुन्।
 
लुम्बिनीले असार ३० देखि भदौं १ सम्मको लागि बिक्री खुल्ला गरेको छ। लुम्बिनीले प्रति साधारण शेयर १०० रुपैयाँको दरले ३९ लाख कित्ता शेयरको निष्काशन गरेको हो। 
 
लुम्बिनीको हकप्रद असार १२ गतेसम्म कायम भएका शेयरधनीहरुले किन्न सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिबिआर्इएल क्यापिटलले जनाएको छ। 
 
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री केन्द्रहरु सिबिआर्इएल क्यापिटल डिल्लीबजार, सिटिजन्स बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु ठिमी, कुपन्डोल, ग्वार्कोँ, बौद्ध, कलंकी तथा उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, धरान, बिरगञ्ज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर तथा एस क्यापिटल दरबारमार्ग रहेको सिबिआएल क्यापिटलले जनाएको छ। 
 
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पनि असार २८ देखि साउन ३१ सम्मको लागि हकप्रद बिक्री खुल्ला गरेको छ। कम्पनीले एक बराबर १.६६६७ कित्ता शेयरको अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
 
कम्पनीको हकप्रद शेयर असार १५ गतेसम्म कायम हुने शेयरधनीले खरिद गर्न पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
 
कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री केन्द्रहरु एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका कार्यालयहरु रहेको एनएमबि क्यापिटलले जनाएको छ। कम्पनीले हकप्रद पश्चात चुक्ता पूँजी ९६ करोड तीस लाख रुपैयाँ पुग्ने छ। 
 
तिनाउको नबिकेको सेयर लिलामीमा
तिनाउ बिकास बैंकले नबिकेको ३१ हजार ४९७ कित्ता शेयरहरु असार २० देखि २७ सम्मको लागि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरेको छ। 
 
बैंकले गत बैशाख १९ देखि जेठ २२ सम्म हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले १० कित्ता बराबर ३ दशमलब ५ को अनुपातमा सेयर बिक्री गरेको थियो। 
बैंकले न्युनतम १०० रुपैयाँमा तथा १०० कित्ता देखि बोलकबोल गर्न सक्ने जनाएको छ। बोलपत्र आवेदकको शिलबन्दी असार २८ गते बिहान ७ बजे बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारयणचौरमा खोलिले क्यापिटले जनाएको छ। 

Tata
GBIME
Nepal Life