जलविद्युत निर्माणमा कुलमानको नयाँ आर्इडिया, खिम्ती थुनेर हजार मेगावाटको जलविद्युत बनाउने

बिजमाण्डू
२०७४ असार १३ गते १३:१२ | Jun 27, 2017
जलविद्युत निर्माणमा कुलमानको नयाँ आर्इडिया, खिम्ती थुनेर हजार मेगावाटको जलविद्युत बनाउने
काठमाडौं। रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने (रन अफ रिभर) खिम्तीखोलालाई थुनेर देउराली भ्यालीमा एक हजार मेगावाटको जलाशययुक्त जलविद्युत निर्माण हुने भएको छ।

Tata
GBIME
Nepal Life

रामेछापको उत्तरी क्षेत्रमा रहेको ठोसेस्थित गर्जाङ देउराली भ्यालीमा यो जलविद्युत निर्माण हुनेछ।नेपाल विद्युत प्राधिकरणले आयोजनाको प्रारम्भिक सम्भाब्यता अध्ययन अघि बढाएको छ।विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले गत महिना स्थलगत अध्ययन गरिसकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रारम्भिक सम्भाब्यता अध्ययन अघि बढाएको बताए।
 

'रन अफ रिभर' रहेको खिम्तीखोला हिमनदी हो। यसको उद्गमस्थलभन्दा केहि तल रिजर्भवायर 'ड्याम' बनाएर गर्ज्याङ देउराली भ्यालीको बस्ती विस्थापित गरेर आयोजना निर्माण गर्न सकिने देखिएको छ, उनले भने।यो आयोजना बनाउन त्यहाँ रहेका ६ सय परिवारलार्इ स्थानान्तदरण गर्नुपर्छ। खोलामा पानीको बहाव कम भएपनि आयोजनाको हेड १५ सय मिटर हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए।

उनले एक वर्षभित्रै सम्भाब्यता अध्ययन सकेर वातावरणीय मूल्यांकनमा लैजाने बताए। 'सरकारले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धी अवधारणा तथा कार्यपत्र-२०७२' मा समेत समावेस गरिएको यो आयोजनालाई उर्जा मन्त्रालयले प्राधिकरणलाई निर्माणको जिम्मा दिएको थियो।
 

देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्ने उदेश्यले उत्पादन, प्रशारणलाईन विस्तार तथा प्रशासनिक, प्रक्रियागत एवं कानुनी सुधारका लागि तत्परताका साथ काम अगाडि बढाउने उक्त कार्यपत्रको निर्माण भएको थियो। उर्जा मन्त्रालयले नीतिगत निर्णय तर्फ 'ग्रिड इम्प्याक्ट स्टडी' र 'टेक एण्ड पे' को प्रावधान राखी विद्युत खरिद सम्झौता सम्पन्न गर्ने निर्णय भइसकेको छ भने जलाशययुक्त आयोजनाहरु निर्माणको लागि स्रोत व्यवस्थापन गर्ने बारे आयोजनालाई इन्जिनियरिङ 'प्रोक्रुमेन्ट कन्स्ट्रक्सन फाइनान्स'को अवधारणामा निर्माण गर्ने योजना रहेको छ।

जलविद्युत निर्माण गर्दा यो बस्ती हटाउनुपर्छ

आगामी २०८२ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाका लागि आर्थिक स्रोत व्यवस्थापनको काम छिट्टै सुरु गरिने उनले बताए।सुरुमा पाँच सय मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्ने योजना रहेको प्राधिकरणले स्थलगत अध्ययनपछि दोब्बर बनाउन सकिएको देखिएको घिसिङले बताए।

 
खिम्ती र खिम्ती -२ पनि रिजर्भवायर हुने, क्षमता बृद्धि हुने
ठोसेस्थित गर्ज्याङ भ्यालीमा हजार मेगावाटको आयोजना निर्माण भएमा हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना र निर्माणाधीन खिम्ती- २ आयोजना पनि रिजर्भवायरवाट चल्नेछन्।

खोलाको माथिल्लो स्थान (ठोसे)मा रिजर्भवायरको निर्माण भएपछि त्यहीबाट निस्किएको पानीलाई खिम्ती -२ र खिम्ती आयोजनामा क्रमश पानी झार्ने र उक्त आयोजनाहरु रिजर्भवायरबाट चल्ने घिसिङले बताए।'हाम्रो योजनाअनुसार काम भयो भने हाल निर्माण भइरहेका खिम्ती- २ र खिम्ती जलविद्युत आयोजनालाई फाइदा पुग्नेछ, घिसिङले भने 'बर्षायाममा ती आयोजनाले अधिकतम जति मेगावाट उत्पादन क्षमता राख्थे हिउँदमा पनि सोही अनुपातमा विद्युत उत्पादन गर्न सक्छन्।'

रिजर्भवायर भएपछि त्यहाँ बर्षातको समयको पानी जम्मा भएर बस्ने र हिउँदको ‘पिक सिजन’मा चाहे अनुसारले पानीको व्यवस्थापन गर्ने सकिने घिसिङले बताए।उनका अनुसार विद्यमान खिम्ती र खिम्ती -२ ले उत्पादन क्षमता बढाउने र  आम्दानी बढी भएपछि ती कम्पनीसँग भएको विद्युत खरिद सम्झौता (पिपिए)लाई परिमार्जन गर्न सकिनेछ।