वर्ल्ड मर्चेन्टको सेयर मूल्यमा न्यूटनको ‘थर्ड ल अफ मोसन’, सेयर बजार सुधारिने संकेत देखिएन

बिजमाण्डू
२०७४ असार १३ गते १५:१८ | Jun 27, 2017
काठमाण्डौं। सेयर बजारमा मंगलबार पनि उत्साह देखिएन। इदको बिदापछि खुलेको बजार २.६३ अंकले झरेर १५६५ अंकमा बसेको छ।
 
दिनभरीमा बजारमा १५१ कम्पनीका ६१ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार भएको छ। कम्पनीको पाँच करोड १४ लाखको किनबेच भएको छ।
 
लुम्बिनी जनरलको चार करोड ६१ लाख रुपैयाँको किनबेच भएको छ। स्ट्यान्डर्ड चार्टर्डको तीन करोड ९८ लाख र नेपाल बैंकको तीन करोड ३७ लाख रुपैयाँको किनबेच भएको छ।
 
विकास बैंक, बीमा र अन्य सुचक हरियो भए पनि बाँकी रातो भएका छन्। सबै उपसुचकको घट्ने र बढ्ने दर एकल अंकमै छ। 
 
बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी संस्थापक, फरवार्ड कम्युनिटीका लगानीकर्ताले कमाएका छन्। बढि गुमाउनेमा वर्ल्ड मर्चेन्टका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य लगातार बढेजस्तै अहिले लगातार घटेको हो। 

Tata
GBIME
Nepal Life