काठमाडौं। नबिल बैंकका कर्मचारीको मुद्दा थप चर्किएको छ। बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) ले बैकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै नबिल बैंकका कर्मचारीमाथि भएको कारवाही फिर्ता लिन माग गरेको छ।
परीक्षा लिएर पनि एक बर्षदेखि नतिजा प्रकाशित नगरेको भन्दै नबिलका कर्मचारी आन्दोलित छन्। उनीहरुले मंगलबारबाट अनशनसमेत थालेका छन्।
आन्दोलनमा रहेका बेला कर्मचारी मुराहरिप्रसाद अर्याललाई सरुवा गरिएको भन्दै संघले कारवाही फिर्ता लिन माग गरेको हो। संघले पत्रको वोधार्थ राष्ट्र बैंकका गभर्नर, वागमति अञ्चल श्रम कार्यालयदेखि बैंक सञ्चालक समितिसम्मलाई दिएको छ।
पत्रमा भनिएको छ- नबिलका कर्मचारीले मागका बारेमा बैंक उच्च ब्यवस्थापनसँग कुरा राख्न खोज्दासमेत सुनुवाइ भएको छैन। नबिल बैंक कर्मचारी संघले ४०० जना कर्मचारीको सस्ताक्षर लिएर मंगलबारबाट अनशन सुरु गरेको जनाएको छ।