मतदानमा निर्वाचन आयोगलाई वर्षातको टेन्सन, पानी परे के गर्ने यस्तो छ निर्देशन

बिजमाण्डू
२०७४ असार १३ गते १७:२३ | Jun 27, 2017
काठमाडौँ।वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सर्दै असार १४ गते हुने भएको छ। मध्य असारमा हुन लागेको चुनावमा वर्षातको टेन्सन छँदैछ। 
 

मतदानको बेला पानी पर्‍यो भने के गर्ने ? निर्वाचन आयोगले विशेष निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले  दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालयलाई दिएको निर्देशनको बुँदा नम्बर ३ मा यस्तो उल्लेख छ- 
 
वर्षातको समय भएकोले मतदाताको हात भिजेको हुनसक्ने र  भिजेको हातले मतपत्र समात्दा मतपत्र समेत भिज्ने वा मतसंकेत गर्दा मसी लत्पतिन सक्ने भएकोले मतदाताले राम्रोसँग हात पुछेपछि मात्र मतपत्र दिने व्यवस्था मिलाउने । 
 

Tata
GBIME
Nepal Life