म लामो रेसको घोडा हुँ, सम्म बाटोमा दीगो यात्रा चाहन्छु, व्यवसायी मोतीलाल दुगडको अन्तर्वार्ता

बिजमाण्डू
२०७४ असार २६ गते ०९:४१ | Jul 10, 2017
म लामो रेसको घोडा हुँ, सम्म बाटोमा दीगो यात्रा चाहन्छु, व्यवसायी मोतीलाल दुगडको अन्तर्वार्ता
मारवाडी समुदायको सामुहिकता भन्ने त खतम भइसक्यो। अब त मारवाडी भन्ने नै पो हराउला जस्तो भइ सक्यो। अहिले रक्सी, नन भेज खानमा मारवाडी अगाडी भइसके। साँझ परेपछि डान्सक्लव देखि कहाँ कहाँसम्म पुग्छन्। त्यसैले अहिले यो जातपातको कुरा छाडिदिए हुन्छ। तर, मेरो त उल्टो मान्यता छ। जो यसरी छोटो बाटो हिँड्न खोजिरहेका छन् उनीहरुको यात्रा दीगो हुन सक्दैन।  
दुगड समुह मुलुकको एक पुरानो व्यापारिक घरानामध्येमा पर्छ। राजनीति हुँदै व्यवसायमा आएका तोलाराम दुगडले फैलाएको व्यवसायिक सञ्जाल अहिले उनका तीन भाइ एवं छोराहरुले सम्हालेका छन्। २५ बर्ष अघि आ-आफ्नो गरिखाने भनेर छुट्टिएका दाजुभाइ मध्ये कान्छा मोतिलाल दुगडसँग तोलारामको फेरि एकता भयो। तोलारामको निधन पछि अहिले एमभी दुगड ग्रुपको अध्यक्षको रुपमा मोतिलालले वित्तिय क्षेत्र, ट्रेडिङ हुँदै पछिल्लो समय जलविद्युतमा हात हालेका छन्। 'लो-प्रोफाइल'मा रहन रुचाउने मोतिलाललाई बिजमाण्डू सम्पादक विज्ञान अधिकारीका साथै सुदर्शन सापकोटा र प्रभात भट्टराईले सोधे- 
एमभी दुगड ग्रुपले खाद्यान्नको कारोबार हुँदै पछिल्लो समय बैंक, बीमा र हाइड्रोपावर क्षेत्रमा लगानी छ। व्यवसायको आकार ठूलो भइ सक्दा पनि तपाईँहरुमा 'एग्रेसन' चाहिँ खासै देखिँदैन?
यो हाम्रो पुरानो विशेषता नै हो। मेरो बुवा, दार्इ देखिकै हाम्रो स्वभाव यही हो। बुवाको रुची त व्यापार भन्दापनि कृषिमा थियो। त्यो जमानामा पनि दुःख गरेर खेती गर्नुभयो। दाइ (तोलाराम दुगड) पनि सुरुमा राजनीति तर्फ हुनुहुन्थ्यो। बुवा स्वर्गे भएपछि दाइले व्यापार व्यवसायमा हात हाल्नु भयो। बुवा बित्दा दाइ २८ बर्ष, माल्दाइ १७ बर्ष, किसन दाइ १४ बर्ष र म ११ बर्षको थियौँ। दाइ बाहेक तीन जनानै बच्चा जस्ता थियौँ। दाइले हामीलाई हुर्काउनु भयो र व्यापारिक संस्कार दिनुभयो। उहाँलाई सुरु देखिनै विदेशबाट सामान आयात गरेर बेच्नुभन्दा स्थानीय स्तरमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने थियो। त्यसैले उहाँले स्ट्रबोर्ड उद्योग खोल्नु भयो। त्यस समयको अनकन्टार ठाउँ धनगढीमा धानमिल लगाउनु भएको थियो। 
 
त्यो बेला हामी एग्रेसिभ नै थियौँ। पछि विदेशी मुद्रा आधारित उद्योग र व्यापार फैलन थालेपछि भने हामी केही 'प्यासिभ' भयौँ। दाइहरुले विदेशी मुद्रा ल्याएर गरेको लगानी कति दीगो होला र बरु स्थानीय स्रोत साधनबाट नै व्यवसाय चलाउनु उपयुक्त हुन्छ भनेर सोच्नु भयो होला। चार दाजुभाइको संयुक्त व्यापार अघि बढ्दै थियो। २५ बर्ष अघि हामी आपसमा छुट्टियौँ। त्यसपछि आ-आफ्नो ढंगले व्यवसाय अघि बढ्यो। पछि म र दाइ फेरी एक आपसमा जोडियौँ। त्यसयताका १०/११ बर्षमा बैंक, बीमा लगायत क्षेत्रमा हात हाल्यौँ। 
 
यहाँको व्यापारिक सिष्टम एवं तौर तरिका धेरै परिवर्तन हुँदैछ। त्यसैले खाद्यान्नको पुरानो व्यापार त छँदै थियो। केही नयाँ गर्नुपर्छ भनेर मैले नै बैंक एवं बीमा कम्पनीको योजना तय गरेको थिएँ। व्यापारको कमान मेरो हातमा आइसकेपछि अब जलविद्युतमा जानुपर्छ, यसमा भविश्य छ भन्ने लाग्यो। र, देशलाई चाहिने पनि चिज भएकोले सरकारको सहयोग त पाइएला भन्ने लाग्यो। त्यही भएर अहिले जलविद्युत क्षेत्रमा केन्द्रित भएका छौँ।

हामीले कम्पनीको टार्गेट अनुसार नै काम गरेका छौँ। उनीहरुले बरोबर आएर अध्ययन पनि गरेका छन्। जस्तो रोयल इनफिल्ड पनि बेलाबेला आएर हेरेको छ। महिन्द्रा ट्र्याक्टरले पनि गरेको छ। किलोस्कर त अहिले आएर हामीलाई नयाँ 'एपोइन्ट' नै गरेको छ। यदि हामीमा योग्यता नै थिएन भने हामीले कसरी हाइड्रो गर्यौँ? कसरी बैंक गर्यौँ? गर्ने मान्छे त आखिर त्यही मोतिलाल दुगड हो। 
तपाईँहरुलाई अरु व्यवसायीले परम्परागत समूहको रुपमा चिनाउँछन्। हामीले हेर्दा पनि अरुको व्यापार नखोस्ने र जे छ त्यसरी जाउँ भन्ने सोच देखिन्छ। तर, 'कर्पोरेट गेम प्लान' बिना अगाडि बढ्न संभव हुन्छ र?
त्यसरी अर्काको काममा आँखा नलगाउने र जे छ त्यही गरेर जाउँ भन्ने हाम्रो एक किसिमले 'नेचर' नै हो। आफ्नो जो कोर लाइन हो त्यसैमा गरौँ भन्ने चाहन्छौँ। अलिकति विगत हेर्ने हो भने नेपालका सबैजसो व्यवसायी कहिले कार्पेट त कहिले गार्मेन्ट भन्दै दौडिए। जे मा फाइदा छ त्यतै लाग्ने प्रवृत्ति नै भयो। हामी पछि आएका ग्रुपहरु जुन अगाडी बढे त्यसको कारण यहि हो। यसमा हाम्रो अलिक 'कन्जरभेटिभ' मान्यता थियो। हामीले जे गरिरहेका थियौँ त्यसैलाई निरन्तरता दियौँ। सक्दा अझ सुदृढ गरौँ भनेर लाग्यौँ। 

Tata
GBIME
Nepal Life

जस्तो धान चामलको व्यापारमा हुँदा त्यसैमा नयाँपन ल्याउँ, ब्रान्डिङ गरौँ भनेर लाग्यौँ। हाम्रो किशन दाइहरुले पनि खाद्यान्नको व्यापारमानै लामो समय विताउनु भयो। अहिले सिमेन्ट सुरु गर्नुभएको छ। हामी हाइड्रोमा आएका छौँ। यी दुबै क्षेत्र मुलुक र समयको माग पनि हो। पहिला सिमेन्ट या हाइड्रो दुबै निजी क्षेत्रबाट गर्न संभव थिएन। यसलाई सरकारको कामको रुपमा बुझिन्थ्यो। हामी पनि हाइड्रोमा जाने तयारी गर्दा धेरैले 'पहिला सानो प्रोजेक्ट गर्नु नि किन एकै पटक ठूलो क्षमताको परियोजनामा हात हाल्नु?' भनेर सुझाव पनि दिए।  
 

एकै पटक अर्बौँ पैसा लगानी गर्दा भोलि जोखिम होला भनेर साथीभाइले सुझाव दिनु ठिकै पनि हो। तर, मैले चाहिँ त्यस्तो जोखिम केही पनि देखिँन। अहिले हाइड्रोमा रहेको जोखिम भनेको त्यो 'म्यान मेड' मात्र हो। प्राकृतिक जोखिमलाई सडक लगायतका पूर्वाधार बनाएर सहज पार्न सकिन्छ। फेरि हाइड्रो भनेको उद्योग नै प्रकृतिमा आधारित हो। 

कच्चा पदार्थ सधैं निशुल्क उपलब्ध हुन्छ। नीतिको कुरा गर्दा ३०/३५ बर्षमा फिर्ता गर्नुपर्छ भन्ने छ। यसो हेर्दा नाफा लिने बेला परियोजना फिर्ता गर्नुपर्ने जस्तो देखिन्छ। तर, अहिलेसम्म कुनै पनि परियोजना यसरी 'म्याचोर्ड' भएका छैनन्। त्यसैले भविष्यमा यस्तै हुन्छ भन्न त सकिन्न। किनभने विदेशमा धेरैतिर आधा पैसामा 'एक्सटेन्ड' पनि भएका छन्। फेरि यहाँ जनताको पैसा पनि हुन्छ। उनीहरुको सम्पत्ति सरकारले पक्कै पनि हडप्दैन भन्ने विश्वास छ। ल यो नीति कार्यान्वयन नै भएछ भने पनि त्यतिन्जेलमा ऋण तिरिसकेको हुन्छ। त्यसपछि त प्रवर्द्धक या पब्लिकको पैसा जाने हो। अर्थात लगानीकर्ताको पैसा जाने हो। त्यसैले यो जोखिमसँग पनि डराउनु पर्ने कारण छैन।
 

मानविय कारण उत्पन्न हुने जोखिम पनि कम हुन थालेको हाम्रो बुझाइ छ। जलविद्युत परियोजना निर्माणमा अवरोध गर्नु हुँदैन, हाम्रो भविश्य यसैमा छ भनेर आम जनताले बुझिसकेका छन्। त्यसैले यसमा अवरोध हुँदैन भन्ने विश्वास छ। धर्मको कारणले पनि हामीलाई यो व्यापार फाप्छ। किनभने हामी जैन धर्मावलम्बी हौँ। जैन भनेकै अहिंशा हो र यो व्यवसायले पनि अहिंशालाई प्रोत्साहन गर्छ। प्रकृति माथिको हिंसा सबैभन्दा क्रुर हुन्छ। जलविद्युतले प्रकृतिलाई हिंसाबाट बचाउँछ। पर्यावरण जोगाउनु जति ठूलो धर्म केही होइन भनेर भगवान् महाविरले भन्नु भएकै छ। 

जबसम्म शरिरले साथ दिन्छ तबसम्म ठिकै छ काम गर्दै जाने हो। अर्को कुरा हरेक व्यापारको एउटा 'लाइफ साइकल' पनि हुन्छ। हिजो हामीले खाद्यान्नमा राम्रो व्यापार गरेका थियौँ। त्यस अघि जुट गरेका थियदँ। जुट उद्योग हामी आफ्नै हातले बन्द गर्यौँ। यस्तै स्ट्रोबोर्ड फ्याक्ट्रि पनि बन्द भयो। त्यस्तै हो हरेक व्यवसायको एउटा एउटा समय आउँछ। त्यसैले मैले सोचे किँ हिजो हामीले जे गरि रहेका थियौँ त्यसमा अनेक झमेला छन्। त्यही भएर परिवर्तन गरेका हौँ। 
परियोजना निर्माणका हिसाबले तपाईँहरु कुन 'पोजिसन'मा हुनहुन्छ?
हामी लिखुमा तीनवटा परियोजना गर्दैछौँ- लिखु १, लिखु २ र लिखु ए। यिनीहरुको कुल क्षमता १५६ मेगावाट छ। अहिले निर्माणको काम सुरु भइ सकेको छ। एउटै नदीमा तीन परियोजना बन्ने भएकोले सडक लगायत पूर्वाधार निर्माणमा केही सजिलो पनि छ। ८५ किलोमिटर सडक बनाउनु पर्नेछ। सन् २०२० जुनमा उत्पादन थाल्ने लक्ष लिइएको छ। कुल लागत २१ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ। 
 
एकै पटक २१ अर्ब लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने क्षमता नेपाली उद्यमीमा आइसकेको हो अब?
हो त्यसमा पनि हामीलाई थप सन्तुष्टि छ। यसमा हामी पायोनियर भएका छौँ। डेढ सय मेगावाट भन्दाबढी क्षमताको परियोजना निर्माणमा हाम्रो मात्र शेयर छ। नत्र यहाँ १०/१५ मेगावाटको आयोजना बनाउन नै ५ पार्टनर, ७ पार्टनर, २० पार्टनर आदी हुने गरेको छ। यसका लागि मैले एक्लै पैसा जुटाउने क्रममा आफ्नो खाद्यान्न व्यापार बन्द गरेँ। आयात व्यापार पनि बन्द गरेँ। 
 
विविधिकृत व्यापारलाई बन्द गरेर हाइड्रोमा मात्र केन्द्रित हुन त अलिक जुवा खेलेजस्तो निर्णय नै भएन र?
हाइड्रो जुवा त कदापि हुनै सक्दैन। जस्तो इन्द्रावती (नेशनल हाइड्रो) प्रोजेक्टले समेत बैंकको ऋण तिर्यो। सञ्चालक/प्रवर्द्धकले कम्पनीप्रति त्यति धेरै वेवास्ता गर्दा पनि ऋण तिर्यो। तेस्तै निर्माणको क्रममा अनेक व्यवधान खेप्नुपरेका प्रोजेक्टले पनि सञ्चालनमा आएपछि प्रतिफल दिएका छन्। यसमा एउटा राम्रो पक्ष के छ भने नेपाल विद्युत प्राधिकरण एकमात्र खरिदकर्ता छ। उसले हामीलाई हातमा पैसा दिँदैन। सिधै बैंकलाई पठाइ दिन्छ। बैंकले उसको ब्याज र कि‍स्ता लिएपछि मात्र बचेको पैसा हामीलाई दिन्छ। त्यसैले यसमा बैंक डुब्ने डर त झन् हुँदै हुँदैन। त्यसैले पनि मलाई यस क्षेत्रमा जोखिम लागेन। 
 
जोखिम नै नभएको त कुनै पनि क्षेत्र हुँदैन पनि। हाइड्रोकै कुरा गर्दा पनि भूकम्प आइ प्रोजेक्ट भत्काइदिन सक्छ। त्यस्तै सुरुङ निर्माणमा समस्या आउन सक्छन्। यस्ता प्राकृतिक जोखिम त जता पनि हुन्छन्। मानविय कारणले सिर्जना हुने जोखिमको बारे त मैले अघि पनि भनेँ। तर, जनतामा अहिले चेतना आइ सकेको छ। विकास आयोजनामा अवरोध गर्नु हुँदैन भन्ने बुझाइ प्रभावकारी भएको छ।
 
बैंकको ब्याज नीति भने केही चुनौतीपूर्ण नै छ। कम्तिमा परियोजना सम्पन्न नहुन्जेलका चार बर्ष जुन ब्याजदरमा सम्झौता गरेको हो त्यो बदल्न नपाउने व्यवस्था भए धेरै सजिलो हुने थियो। निर्माणको चरण पूरा भएपछि ब्याजदर बढेपनि खासै समस्या हुँदैन। त्यसैले यस तर्फ चाहिँ सोच्न जरुरी छ।
 
त्यसबाहेक सरकारी नीति नियमका कारण हुने ढिलाइ, वनका कारण समय लम्बिने लगायतका केही चुनौती पनि छन्। तर, त्यसमा पनि धेरै जागरण आइसकेको छ। व्यक्तिगत तहमा कुरा हुँदा सबैले सहानुभूति पनि दिनुहुन्छ। तर, मद्धत गर्न भने सबै तयार हुँदैनन्। त्यसैले मुखले राम्रो व्यवहार गर्दा पनि फाइल पुगेपछि हुने ढिलाइ चाहिँ अझै पनि केही जटिल नै छ। तर, बहुसंख्यकको त्यो धारणा छैन। त्यसैले नकारात्मक कोणबाट मात्र सोच्न उपयुक्त हुँदैन भन्ने हो। 

हाइड्रो जुवा त कदापि हुनै सक्दैन। जस्तो इन्द्रावती (नेशनल हाइड्रो) प्रोजेक्टले समेत बैंकको ऋण तिर्यो। सञ्चालक/प्रवर्धकले कम्पनी प्रति त्यति धेरै वेवास्ता गर्दा पनि ऋण तिर्यो। तेस्तै निर्माणको क्रममा अनेक व्यवधान खेप्नु परेका प्रोजेक्टले पनि सञ्चालनमा आएपछि प्रतिफल दिएका छन्। 
तपाईँले अघि पनि भन्नु भयो तुलनात्मक रुपमा व्यापारमा नै धेरै नाफा थियो। सामान ल्यायो, बेच्यो नाफा आइहाल्ने। त्यसको तुलनामा त हाइड्रो जोखिमपुर्ण नै छ। प्राकृतिक, मानविय देखि सरकारी नीति नियमका कारण आउने जोखिमको चुनौती सधैं छ। यस्तोमा गरि रहेको व्यापार छोडेकोमा तपाईँले पश्चात्ताप लाग्ने अवस्था नआउला?
त्यो संभावना पनि हुँदै नभएको त होइन। तर, मैले सारा काम त बन्द गरेको छैन। मेरो अटोमोवाइलको व्यापार चलिरहेको छ। बैंक छ। त्यसमा मेरो राम्रो शेयर छ। जीवन बीमा कम्पनी छ। त्यो पनि चलि रहेको छ। कोल्ड स्टोरेज पनि चलिरहेको छ। त्यसैले मार्जिन कम भए पनि जोखिम धेरै नहुने चार वटा क्षेत्र त खुलै छन्। त्यसैले एकै पटक धेरै कमाउने भन्दा पनि थोपा थोपाबाट समुन्द्र बन्छ भन्ने सिद्धान्तमा म गएको छु। एकै पटक सगरमाथा चढ्ने र तुरुन्त तल झरि हाल्ने त राम्रो होइन। बरु सम्म व्यापारको बाटोमा जाँदा कम कमाइ होला। त्यो ठिक छ तर मेरो छोरा नातीहरुले पनि विजनेशको अनावश्यक उतार चढाव नसहुन् भन्ने पनि चाहेको हो। 

हामीले त सह्यौँ ठिकै छ तर भावी पुस्ताले चाहिँ नसहुन् भन्न खोज्या हो। मैले एउटा दीगो व्यावसायीक जग बसाएर छोरा नातीलाई जिम्मा लगाउन पाउँदा एक किसिमले सन्तुष्टि पनि प्राप्त हुन्छ। म ७१ बर्ष पुगिसकेको छु। रिटायर्डमेन्टको उमेर हामीकहाँ ५८ बर्ष मात्र हो। व्यवहारिक हिसाबले पनि ६०/६५ नाघेका मान्छेहरु प्रायः सकृय रहँदैनन्। तर, अहिलेसम्म भगवानको कृपाले स्वास्थ्य ठिक छ। सबै ठिक छ। जबसम्म शरिरले साथ दिन्छ तबसम्म ठिकै छ काम गर्दै जाने हो। अर्को कुरा हरेक व्यापारको एउटा 'लाइफ साइकल' पनि हुन्छ। हिजो हामीले खाद्यान्नमा राम्रो व्यापार गरेका थियौँ। त्यस अघि जुट गरेका थियदँ। जुट उद्योग हामी आफ्नै हातले बन्द गर्यौँ। यस्तै स्ट्रोबोर्ड फ्याक्ट्रि पनि बन्द भयो। त्यस्तै हो हरेक व्यवसायको एउटा एउटा समय आउँछ। त्यसैले मैले सोचे किँ हिजो हामीले जे गरि रहेका थियौँ त्यसमा अनेक झमेला छन्। त्यही भएर परिवर्तन गरेका हौँ। 

 
तपाईँले अघि आफ्नो सुरक्षित ब्यापारको रुपमा अटोमोवाइलको पनि नाम लिनुभयो। अटोमोवाइलमा तपाईँहरुसँग निसान कार, महिन्द्राको ट्रक सेग्मेन्ट एवं बुलेट मोटरसाइकल छन्। तर, यी व्यापारमा पनि अरुले आँखा लगाउन खोजेको सुनिन्छ। निसान त अब तपाईँहरुबाट छुट्नै लागेछ। तपाईँलाई आफ्नो भइरहेको व्यापार जोगाउनै गार्ह्रो भयो?
सहि कुरा भयो। त्यो पनि एउटा कारण हो कि हामीले खाद्यान्न लगायतका ब्यापार बन्द गरेर यसमा केन्द्रित भयौँ। मतलव यसमा पनि भोली कसैले आँखा लगाउला की, हाम्रो ध्यान पुगेन अर्को अफ्ठ्यारो पो आउला कि भन्नेमा सजग छौँ। साथै अटोमोवाइलमा पनि त्यसरी नै ध्यान दिएका छौँ। ठाउँ ठाउँमा शो रुम, सर्भिस सेन्टरहरु सोही कारण स्थापना गरेका हौँ। यो कार्यक्रम हाम्रो चालु छ। तर, यो सबै कार्यक्रम गर्नलाई पूँजी त चाहिन्छ। त्यसैले खाद्यान्नको व्यापार हामीले गरे पनि नगरे पनि केही फरक पर्दैन। तर, महिन्द्राको काम राम्रोसँग गरेनौँ भने त हाम्रो एजेन्सी खोसिन्छ। 

प्रतिस्पर्धी ढंगले काम गर्न पूँजी आवश्यक पर्छ। बैंकबाट ऋण त लिइनै रहेका छौँ। तर, त्यहाँ पनि एउटा 'सर्टेन क्याप' हुन्छ। एउटा निश्चित प्रतिशतसम्म त आफैंले लगानी गर्नु पर्छ। त्यो सबै कारणले पनि हामीले विश्लेषण गरेर नै केही व्यवसाय बन्द गरेर यी क्षेत्रमा केन्द्रित भएका हौँ। निशानसँग हामीले ३३ बर्षदेखि सँगै काम गरेका थियौँ। यसमा कम्पनी बुझाइ गलत भयो। उनीहरु आए, हेरे तर खोट देखाउन सकेनन्। यस्तोमा हाम्रो विकल्प खोज्नु भनेको केही न केही नियतवश नै गरिएको निर्णय हो। 

 
तपाईँहरु भन्दा अरु ग्रुप बढि एग्रेसिभ छन्, तपाईँहरु टार्गेट नराखी काम गर्दै जाने तर अरुले टार्गेटमा काम गर्ने हुन् कि?
होइन हामीले कम्पनीको टार्गेट अनुसार नै काम गरेका छौँ। उनीहरुले बरोबर आएर अध्ययन पनि गरेका छन्। जस्तो रोयल इनफिल्ड पनि बेलाबेला आएर हेरेको छ। महिन्द्रा ट्र्याक्टरले पनि गरेको छ। किलोस्कर त अहिले आएर हामीलाई नयाँ 'एपोइन्ट' नै गरेको छ। यदि हामीमा योग्यता नै थिएन भने हामीले कसरी हाइड्रो गर्यौँ? कसरी बैंक गर्यौँ? गर्ने मान्छे त आखिर त्यही मोतिलाल दुगड हो। 

अर्काको काममा आँखा नलगाउने र जे छ त्यही गरेर जाउँ भन्ने हाम्रो एक किसिमले 'नेचर' नै हो। आफ्नो जो कोर लाइन हो त्यसैमा गरौँ भन्ने चाहन्छौँ। अलिकति विगत हेर्ने हो भने नेपालका सबैजसो व्यवसायी कहिले कार्पेट त कहिले गार्मेन्ट भन्दै दौडिए। जे मा फाइदा छ त्यतै लाग्ने प्रवृत्ति नै भयो। हामी पछि आएका ग्रुपहरु जुन अगाडी बढे त्यसको कारण यहि हो। यसमा हाम्रो अलिक 'कन्जरेभेटिभ' मान्यता थियो। हामीले जे गरि रहेका थियौँ त्यसैलाई निरन्तरता दियौँ। 
भनेपछि व्यापारमा 'कन्स्पिरेसी' चर्को भयो?
हो 'कन्स्पिरेसी' एकदमै बढेको छ। हानथाप, एकले अर्काको खुट्टा तानेर अघि प्रवृत्तिले बढावा पाएको छ। यो किनभने अहिले व्यापार बढ्यो। यसले नाफा पनि बढायो। त्यही कारण यस्तो अवस्था आयो। 
 
मारवाडी समुदायमा कोही पछि पर्यो भने सबै मिलेर अघि बढाउने संस्कार थियो। एकखाले गहिरो एकता देखिन्थ्यो। पछिल्लो समय त्यो पनि रहेन?
आजभोली एकता कोहीमा पनि छैन। राजनीतिमा पनि छैन, कर्मचारीमा पनि छैन र व्यवसायीमा पनि छैन। व्यवसायीका लागि व्यवसायी नै थ्रेट भए। 
 
घरानाहरुमा नयाँ पुस्ता हावी हुँदा यस्तो भएको हो?
नयाँमा भन्दा पुरानोमै यो प्रवृत्ति धेरै देखिएको छ। नयाँले त पुरानोले दिएको संस्कार नै सिक्ने हो। पहिला बजार सानो थियो। त्यसैले अर्कोलाई धकेलेर भए पनि आफु अघि जाने प्रवृत्ति बढ्यो। बजार बढ्दै जाँदा अर्को विकृति के थपियो भने मसँग दुईवटा व्यापार छन् भने तेस्रो कसरी खाने, चौथो कसरी खाने भन्ने ढंगको सोच देखिन थाल्यो। मारवाडी समुदायको सामुहिकता भन्ने त खतम भइसक्यो। अब त मारवाडी भन्ने नै पो हराउला जस्तो भइसक्यो। अहिले रक्सी, नन भेज खानमा मारवाडी अगाडी भइसके। साँझ परेपछि डान्सक्लव देखि कहाँ कहाँसम्म पुग्छन्। त्यसैले अहिले यो जातपातको कुरा छाडिदिए हुन्छ। तर, मेरो त उल्टो मान्यता छ। जो यसरी छोटो बाटो हिँड्न खोजिरहेका छन् उनीहरुको यात्रा दीगो हुन सक्दैन। 

हामीजस्ता मान्छे जो दिनभरको काम सकेर बेलुका घरै जान्छन्, परिवारसँग बस्छन्, धेरै महत्वाकांक्षी बन्दैनन्। उनीहरुनै दीर्घकालसम्म सबल रहन्छन् भन्ने मलाई लाग्छ। किनभने इमान्दार भएर, आफ्नो सिद्धान्तमा बसेर काम गर्नुहरुले नै दुनियाँमा प्रगति गरेको छ। दुई नम्बरी गरेर, कर छलेर गरेको कमाइबाट को अघि बढ्या छ र? हेर्नुस् त। आँटामा नून मिसाउनुसम्म ठिकै पनि हो तर नुनमै आँटा मिसाउनु त भएन नि। त्यसैले जो सच्चा बाटोबाट हिँडेको छ प्रगति तिनले नै गरेका छन् चाहे भारत हेर्नुस् या बाँकी विश्व। म त लामो रेसको घोडा हुँ र यसैमा विश्वास गर्छु।

 
अटोमोवाइलमा धेरै लामो समय देखि संलग्न भए पनि तुलनात्मक सस्ता र धेरै बिक्री हुने भनेर चिनिएका ब्रान्डको आधिकारिक बिक्रेता बन्न त तपाईँहरु सफल हुनु भएन?
हो। हामी बजाजको डिलरसिप लिने बेलामा पनि टप तीन भित्र परेका थियौँ। गोल्छा, म र अर्को एकजना व्यापारी थियौँ तीन जनामा। त्यस मध्ये गोल्छा समूहले पायो। किनभने उनीहरुले पहिल्यै देखि बजाज चिमको बिक्री गर्दै आएका थिए। त्यही सम्बन्धले काम गर्यो र उहाँहरुको 'लट्री' खुल्यो। म टाटाको डिलर बन्न पनि प्रतिस्पर्धी थिएँ। तलबाट त मेरो नाम टुङ्गो नै लागेर सिफारिस भएको थियो। पहिला उमेश जैन हटेपछि पनि मैले प्रयास गरेको थिएँ। पछि प्यासेन्जर कार सेग्मेन्टको लागि पनि प्रयास गरेको थिएँ। कम्पनीका महाप्रबन्धक राजिव दुवेलाई भेट्दा पनि म नै छनौट हुन्छु भन्नेमा ढुक्क थिएँ।  हाम्रो नाममै सिफारिस भएको हुँदा बोर्डले कहिले निर्णय गरेर खुसीको खवर आउँछ भन्ने प्रतिक्षामा थियौँ। तर, त्यसमा रतन टाटाको हुकम प्रमांगी भयो। त्यसबेला सिप्रदीमा दरबारसमेत संलग्नता रहेको हुँदा रतन टाटाले हामीलाई नदिइ सिप्रदीलाई दिन भने। उनले यति भनि सकेपछि कुरा खतम। यसरी दुबै पटक मलाई भाग्यले साथ दिएन।
 
महिन्द्रामा पनि सबै सेग्मेन्ट आफुसँग राख्न भएन?
हो। तर, यसमा क्याविनेट श्रेष्ठ सुरु देखिनै हुनुहुन्थ्यो। हामी कसरी आयौँ भने पहिला यी कमर्सियल भेहिकल उत्पादन गर्ने प्लान्ट हैदरबादको जहिराबादमा थियो। यसमा निसान र हैदरबाद सरकारको पार्टनरसिप थियो। पछि हैदरबाद सरकारबाट महिन्द्राले यो प्लान्ट किन्यो। त्यसअघि हामी निसानका पार्ट्स, इन्जिनहरु जापानबाट समेत मगाएर बिक्री गर्दै थियौँ। उनीहरुले यी भेइकलमा हामीसँगै साझेदारी गर्न भनिदिए। यसरी हामीले महिन्द्रामा प्रवेश गर्यौँ। यसरी हामीलाई उनीहरुले कमर्सियल र नयाँ प्रोडक्ट बेच्न दिन भने। राम्रो बिक्ने जिप लगायत प्रोडक्ट क्याविनेट श्रेष्ठ जीसँग रहे।  यसरी एजेन्सी विजनेसमा भने भाग्यले मलाई पूरा साथ दिएन। यसमा म अलिक पछाडि परेँ भन्ने लाग्छ।  यसको कारण चाहिँ थाहा छैन। सायद म ज्यादै सोझो भएँ कि।
 
अरु समुहमा यस्ता हानाथाप ट्याकल गर्न दोस्रो पुस्ता अगाडि आउँछन्। तपाईँले ताला चावि आफैंसँग राख्नाले यस्तो भयो कि?
होइन। मेरो छोरा पनि लामो समय देखि विजनेसमै छ। तर, एउटा नेचर आउँछ नि। बुवा, दाइको नेचर हामीमा सर्यो। हाम्रो नेचर छोराहरुमा सर्यो। २५ बर्ष अघि हामी छुट्टियौँ। त्यसरी नछुट्टिएको भए कोही छोराहरु एग्रेसिभ भएर एजेन्सी ल्याउथेँ की। अझ राम्रोसँग चलाउँथे कि। तर, हामी आपसमा छुट्टि सकेपछि त्यो पार्ट चाहीँ मिष्ड नै भयो। हामी सँगै रहेको भए गोल्छा, चौधरी, विशाल ग्रुप जस्तो हुन सक्थ्यौ।

विदेशी मुद्रा आधारित उद्योग र व्यापार फैलन थालेपछि भने हामी केही 'प्यासिभ' भयौँ। दाइहरुले विदेशी मुद्रा ल्याएर गरेको लगानी कति दीगो होला र बरु स्थानीय स्रोत साधनबाट नै व्यवसाय चलाउनु उपयुक्त हुन्छ भनेर सोच्नु भयो होला। चार दाजुभाइको संयुक्त व्यापार अघि बढ्दै थियो। २५ बर्ष अघि हामी आपसमा छुट्टियौँ। त्यसपछि आ-आफ्नो ढंगले व्यवसाय अघि बढ्यो। पछि म र दाइ फेरी एक आपसमा जोडियौँ। त्यसयताका १०/११ बर्षमा बैंक, बीमा लगायत क्षेत्रमा हात हाल्यौँ। 
इन्स्योरेन्समा तपाईँहरु आएको केही समय भए पनि बिजनेश धेरै सुस्त देखिन्छ?
होइन। हामी यसमा तुलनात्मक रुपमा पछि नै आएका हौँ। यो विस्तारै बढ्ने विजनेश हो। जो पहिल्यै अगाडि थियो- उ अहिले पनि अगाडि छ। हामी पछि पछि छौँ। अगाडि हुनेहरु केही लड्खडाएमा न हामीले उछिन्ने हो। उ पनि आफ्नै गतिमा रहँदा त अगाडि हुनु स्वाभाविक पनि हो।
 
तर, अझै पनि चार प्रतिशत हाराहारी जनसंख्या मात्र बीमाको दायरामा आएको छ। दौडन सक्ने बजार त छ नि?
प्रतिशतको हिसाबले ठीक हो। तर, अमेरिका जस्तो प्रतिशत हिसाब गरेर यहाँ हुँदैन। किनभने यहाँ पैसावालको प्रतिशत अत्यन्त न्यून छ। फेरि सुरुमा हामी आउँदा बीमा लेख दुई लाख हाराहारीको मात्र थियो। त्यो भनेको बार्षिक प्रिमियम ३/४ हजार मात्र हो। त्यो विस्तारै अहिले बढ्दैछ।
 
तपाईँ लामो समय देखि व्यापारमा हुनुहुन्छ। हिजोको तुलनामा आज हाम्रो देशको व्यापारिक वातावरणको कस्तो परिवर्तन आएको छ?
यो त धेरै राम्रै छ। नेपालले प्रगती गरिरहेको छ। निजी क्षेत्रको क्षमता पनि बढेको छ। नेपाल जस्तो व्यापारिक वातावरण अन्यत्र धेरै तिर छैन। हाम्रो नीतिहरुमा खासै 'लुप होल' छैनन्। भारतमा यस्ता लुप होल धेरै थिए। त्यसैले मोदीले एक पछि अर्को नीतिगत सुधारको निर्णय गरिरहनुपरेको छ। त्यसैले हाम्रो अनुशासनको अवस्था राम्रो छ र वातावरण पनि राम्रो छ।  
 
नेपालको पानीदेखि पर्यटनसम्म अमूल्य छ। कृषि उत्पादनमा स्ट्रवेरी भनौँ या चिया, कफी सबैमा नेपालको उत्पादन उत्कृष्ठ छ। जसले निर्यात गरेर हामीले राम्रो प्रतिफल लिन सक्छौँ। त्यसैले नेपाल सकारात्मक बाटोमा छ।