पुराना बीमा कम्पनीबाट नयाँमा कर्मचारी तानातान, पद दुई तहसम्म माथि, ५ प्रतिशत सेयरको मोह

बिजमाण्डू
२०७४ असार २७ गते ११:३४ | Jul 11, 2017
पुराना बीमा कम्पनीबाट नयाँमा कर्मचारी तानातान, पद दुई तहसम्म माथि, ५ प्रतिशत सेयरको मोह
काठमाडौं। लाइसेन्सको चरणमा रहेका १० जीवन बीमा कम्पनी आफ्नो कार्यालय स्थापना गर्न आवश्यक कर्मचारी नियुक्त गर्न विज्ञापन निकालेका छन्। नयाँ कम्पनीले कर्मचारी मागेपछि पुराना कम्पनीले आफ्ना कर्मचारी जोगाउन तलब तथा सेवा बढाउन थालेका छन्। 
 

Tata
GBIME
Nepal Life
नयाँ कम्पनीले कर्मचारीलार्इ दिने पाँच प्रतिशत शेयर पाउने आशामा पनि पुरानो ठाउँबाट नयाँमा जान कर्मचारीहरु तछाडमछाड नै गरिरहेका छन्। साथै दुई तहसम्म पद पनि बढेको छ, त्यसै अनुसार तलब र सुविधा पनि।

आउन लागेका बीमा कम्पनीलार्इ नयाँ कर्मचारीसँगै पुराना र अनुभवी कर्मचारी आवश्यक पर्छ। त्यसैले नयाँ कम्पनीको  टार्गेट पुराना कम्पनीका कर्मचारी भएका छन्। 

 
नयाँ बीमा कम्पनी पुरानामा राम्रो काम गरेका अनुभवी खोजिरहेका छन्। पुराना कर्मचारी आएमा सजिलो हुने सानिमा लाइफ इन्स्योरेन्सका सम्पर्क व्यक्ति केशवराज केसीले बताए। 
 
'अनुभबी कर्मचारी पाएमा कुनै समस्या हुने थिएन। यदि यहाँ पउलब्ध नभएमा बिदेशबाट झिकाएर पनि यहि भएकालार्इ तालिम दिनु पर्ने हुनसक्छ,' उनले भने। 
 
नयाँ जीवन बीमा कम्पनीले सञ्चालनमा रहेका पुराना कम्पनीमा काम गरिरहेका कर्मचारी भित्र्याउन तलव तथा सुविधाको आकर्षक प्रस्ताव गर्न थालिसकेका छन्। 
 
सानिमा लाइफका केसीले  पुरानाबाट आउन चाहनेलार्इ उनीहरुको अहिलेको पदभन्दा माथिल्लो पदमा सेवा सुविधा बृद्धि गरेर तान्नु पर्ने बाध्यता भएको बताए। 
 
महालक्ष्मी लाइफ इन्स्योरेन्सका सम्पर्क ब्यक्ति रामेश्वर श्रेष्ठले कार्यालय व्यवस्थापनको काम सकेर बिस्तारै कर्मचारी छान्ने काम भइरहेको जानकारी दिए। सञ्चालन अनुमति पाएपछि आवश्यक कर्मचारी माग्दै जाने उनले बताए। 
 
नयाँ जीवन बीमा कम्पनीलार्इ अण्डरराइटिङ, पुनर्बीमा, लेखा तथा मार्केटिङ क्षेत्रमा अनुभवी कर्मचारी चाहिन्छ। 
 
'बीमा समितिले केही महत्वपूर्ण विभाग अनिवार्य भनेकाले त्यसमा आवश्यक पर्ने कर्मचारी अनुभवी ल्याउनु पर्छ,' गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद दाहालले भने, 'यहि ब्यवस्थाका कारण नयाँ बीमा कम्पनीलाई पुरानाबाट कर्मचारी तान्नु बाध्यताजस्तो भएको छ।' 
 
नयाँ कम्पनीले पुरानोलाई टार्गेज गरेकाले आफ्नो कर्मचारी जोगाउन तलव सुबिधा बृद्धि गरिएको उनले जानकारी दिए। 
 
नयाँ कम्पनीले कर्मचारीलार्इ दिने पाँच प्रतिशत शेयर पाउने आशामा पनि पुरानो ठाउँबाट नयाँमा जान कर्मचारीहरु तछाडमछाड नै गरिरहेका छन्। 
 
सामान्य तहका कर्मचारी जाँदा कुनै असर नपरे पनि अन्डरराइटिङ, पुनर्बीमा, लेखा तथा मार्केटिङ तर्फका कर्मचारी गएमा ठूलो असर गर्ने दाहालले बताए। प्रविधिकतर्फका कर्मचारी जाने सम्भावना पनि उत्तिकै छ। 'नयाँ बीमा कम्पनीले तलब सुबिधा धेरै दिएर आकर्षित गर्न सक्ने सम्भाबना छ,' उनले भने 'त्यसैले हामीले तत्काल केही नयाँ योजना बनाएर कर्मचारी रोक्ने प्रयास गरिरहेका छौं।' 
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तलव धेरै पाउँदैमा कर्मचारी नयाँमा नजाने तर्क गरे। 'पुराना कम्पनीको बोनश रेट पनि धरै हुने तथा राम्रो सेवा सुविधा पाउने हुँदा पुराना कर्मचारी गैनहाल्ने अवस्था छजस्तो मलाई लाग्दैन,' उनले भने।
 
नेशनल लाइफ इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक सुरेशकुमार खत्रीले नयाँ कम्पनीले कर्मचारी भर्ना आक्रमक बनाएका बेला पुरानाहरु चनाखो भएर बस्नु पर्ने अवस्था आएको बताए।