एनआइसी एसियाले माग्यो २०० जना कर्मचारी, गण्डकी विकास बैंकमा पनि ६० बढि कर्मचारी माग

बिजमाण्डू
२०७४ असार २८ गते १२:०५ | Jul 12, 2017
एनआइसी एसियाले माग्यो २०० जना कर्मचारी, गण्डकी विकास बैंकमा पनि ६० बढि कर्मचारी माग
काठमाडौं। एनआइसी एसिया बैंकले एकमुस्ट २०० जनालाई जागिर दिने भएको छ। बैंकले बुधबार बिज्ञापन प्रकाशित गरी स्नातक उत्तिर्णसँग जागिरका लागि आवेदन माग गरेको हो।
 
बैंकले ट्रेनी असिस्टेन्टका लागि २०० जना कर्मचारी माग गरेको हो। बैकले आगामी बर्ष करिव २० वटा शाखा खोल्दैछ। त्यसैका लागि बैंकले कर्मचारी माग गरेको हो। 
 
बैंकले मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, गण्डकी धवलागिरि, लुम्बिनी, भेरी, कर्णाली, राप्ती, सेती, महाकाली र वाग्मति क्षेत्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो।
 
ब्यवस्थापनमा कम्तिमा ५० प्रतिशत अंक ल्याएकाहरुले जागिरका लागि आवेदन दिन सक्छन्। आवेदन २३ जुलाइभित्र दिइसक्नु पर्छ। आवेदन मेरो जब अनलाइनबाट दिनु पर्छ।
 
यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले इन्फरमेसन सेक्युरिटी र क्रेडिटमा अफिसर तथा जुनियर अफिसर माग गरेको छ। 
 
गण्डकी विकास बैंकले एक जना मानव संसाधन प्रमुख, दुई चार्टर्ड एकाउन्टेन्ट, तीन सेमीक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र केही जुनियर असिस्टेन्ट र असिस्टेन्ट माग गरेको छ। ५० जना ट्रेनी असिस्टेन्ट पनि माग गरेको छ।
 
नेपाल बंगलादेश बैंकले आइटीमा कर्मचारी माग गरेको छ। 

Tata
GBIME
Nepal Life