शेयरमा भ्याट कार्यान्वयन विरुद्ध जाग्यो इन्भेष्टर फोरम, साउनदेखि शेयर खरीद बिक्री नगर्ने

बिजमाण्डू
२०७४ असार २८ गते २०:३९ | Jul 12, 2017
काठमाडौं।नेपाल इन्भेष्टर फोरमले शेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गर्दै साउनदेखि शेयर खरीद बिक्री रोक्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

फोरमले बुधवार विज्ञप्ति जारी गर्दै भ्याटमा दर्ता नहुन र शेयर कारोबार रोक्न सबैलार्इ आग्रह गरेको छ।नेपाल स्टक ब्रोकर एशोसिएसनले यसअघिको भ्याट कार्यान्वयनमा नगर्ने र साउनदेखि भ्याट लगाउन अर्थमन्त्रालयसँग सहमति गरेको थियो।यही सहमतिका अनुसार आन्तरिक राजस्व विभागले नेपाल स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेप प्रणालीको सफ्टवेयरमा भ्याट कट्टा हुने प्रणालीको विकास गर्न थालेको छ।

फोरमले एशोसिएसन राज्यको कानुन अनुसार वित्तिय सेवा अन्तर्गतको कानुन बमोजिम कर नियमको पालना गरी भ्याटमा दर्ता नहुन आग्रह गरेको हो।फोरमले म्युचुअल फण्ड संचालन गरेक सबै मर्चेन्ट बैंकलार्इ शेयर कारोबारलार्इ भ्याटरहित बनाउन शेयर खरीद बिक्री रोक्न पनि आग्रह गरेको छ।

शेयर बजार उद्यमी र व्यवसायीलार्इ दीर्घकालिन पूँजी उपलब्ध गराउन शेयरको कारोबार मात्रै गर्ने भएकोले यो सेवालार्इ वित्तिय सेवा अन्तर्गत राखेर भ्याट मुक्त गर्नुपर्ने फोरमको जिकिर छ।फोरमले अन्य शेयर व्यवस्थापन एवं पोर्टफोलियो लगायतका सेवा प्रदान गरे वापत कानुन बमोजिम भ्याट असुलीमा सहमति हुने जनाएको छ।