कर्जा सीमा बढेपछि गाडी बेच्न सुरु भयो प्रतिस्पर्धा , हुन्डार्इ गाडी किन्दा ‘भारी छुट’

बिजमाण्डू
२०७४ असार २९ गते १६:४० | Jul 13, 2017
कर्जा सीमा बढेपछि गाडी बेच्न सुरु भयो प्रतिस्पर्धा , हुन्डार्इ गाडी किन्दा  ‘भारी छुट’
काठमाडौं।लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डार्इ गाडीको बजार प्रवर्द्धनका लागि जोयफूल जुलार्इ अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा पाउने कम्पनीले जनायो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गाडी कर्जाको स्ल्याब ६५ प्रतिशत पुर्याएपछि कम्पनीले यो योजना ल्याएको हो।

चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षामार्फत गाडी कर्जाको सीमा पचास प्रतिशतमा झारेपछि गाडीको बिक्रीमा मन्दी आएको थियो।आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ६५ प्रतिशत पुर्याएपछि गाडीको व्यापार बढ्ने अपेक्षा गरिएको छ।
 

विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा चाडपर्वअघिनै सार्वजनिक गरिएको यो योजना नौलो हो । हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इन्स्योरेन्स तथा रोड ट्याक्स र स्क्रयाच कुपन मार्फत १ लाख सम्मको थप नगद छुट पाउने कम्पनीले जनायो। हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पाउने कम्पनीले जनायो।कम्पनीका अनुसार यो योजना सिमित अवधिका लागि हो।