तपार्इले डिम्याट खाताको नवीकरण शुल्क तिर्नुभयो? साउनसम्म नबुझाए कारोबारमा रोक

बिजमाण्डू
२०७४ असार ३० गते १२:४० | Jul 14, 2017
काठमाडौँ ।केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले साउन मसान्तसम्म हितग्राही(डिम्याट)खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने  लगानीकर्ताको कारोबारमा रोक लगाउने भएको छ ।
 
आर्थिक वर्ष २०७३/७४ मा खाता संचालन गरेबापतको नवीकरण शुल्क प्रति खाता वार्षिक एक सय रुपैयाँ बुझाउँनुपर्छ।तोकिएकै समयमा शुल्क नबुझाएका लगानीकर्ताको कारोबारमा रोक लगाउने सीडीएससीले जनाएको छ । बिहिबार सम्म सीडीएससीमा आठ लाख ६९ हजार दुई सय ५० जनाले डिम्याट खाता खोलेका छन् । सबै लगानीकर्ताले साउन मसान्त सम्म आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर शुल्क भुक्तानी गर्नु र्ने सीडीएससीकी प्रवक्ता सविना पुजारीले बतार्इन् ।
 
पछिल्लो समय खाता खोल्ने तर नवीकरण नगर्ने प्रवृति बढेकोलेपनि कडाई गर्नु परेको उनले बतार्इन् । हाल सम्म खाता खोलेर पनि शुल्क नबुझाउने लगानीकर्ताको दायित्व एक करोड भन्दा माथि पुगेको पुजारीले जानकारी दिर्इन्।                              
 

Tata
GBIME
Nepal Life