काठमाडौँमा सवारी साधन चलाउनु हुन्छ? गयो निःशुल्क पार्किङको जमाना, कहाँको शुल्क कति?

बिजमाण्डू
२०७४ साउन १ गते १६:५४ | Jul 16, 2017

Tata
GBIME
Nepal Life

काठमाडौँ । यदि तपाईँ काठमाडौँ महानगरपालिकामा सवारी साधन चलाउनु हुन्छ भने तपाईँको खर्च अब बढ्ने भएको छ। 

 
धेरै समयदेखि यहाँका मुख्य स्थानमा निःशुल्क पार्किङको व्यवस्था थियो। तर अब यो सुविधा महानगरपालिकाले नदिने भएको छ। 
 
काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०७४ पारित गरेको छ। संविधानको धारा २३० ले स्थानीय तहलाई ऐन बनाउन सक्ने अधिकार दिएपछि काठमाडौँ महानगरपालिकाले यस्तो ऐन बनाएको हो। 
 
यो ऐन अनुसार साउन १ गतेदेखि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलनको व्यवस्था छ। ऐनको अनुसूची १० मा पार्किङ शुल्कको व्यवस्था छ। 
 
काठमाडौँ महानगरपालिकाका तीन वटा क्षेत्र तयार पारिएको छ। क्षेत्र अनुसार दुई पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रेको प्रति घण्टा पार्किङ शुल्क फरक फरक छ। शुल्क प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रुपैयाँदेखि २० रुपैयाँसम्म, चार पाङ्ग्रेका लागि ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म छ। 
 
हेर्नुस् कहाँ पार्किङ गर्दा कति शुल्क लाग्छ?