चेम्बर पुगेर भारतीय राजदूत पुरीले भने- नेपालमा अवसरनै अवसर छ, विकासका लागि सहकार्य आवश्यक छ

बिजमाण्डू
२०७४ साउन ३ गते ०६:३४ | Jul 18, 2017
काठमाडौं।नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरीले नेपालमा अवसरनै अवसर रहेको बताउँदै आर्थिक विकासका लागि दुर्इ देशबीच सहकार्य आवश्यक रहेको बताए।

Tata
GBIME
Nepal Life

नेपाल चेम्बर अफ कमर्शद्धारा सोमबार आयोजित छलफल कार्यक्रममा उनले यो धारणा राखेका हुन्।उनले मुलुकको विकासका लागि जलविद्युत, पर्यटन र पूवार्धार विकास हुनुपर्ने बताए।कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन,जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानीका लागि सहजीकरण गर्न भारतीय राजदूतसँग आग्रह गरे।