काठमाडौं।नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवा लिँदा लाग्ने शुल्क हटाएको छ।साउनदेखि ती सबै सुविधा निशुल्क भएका छन्।कलर आइडी सेवा,आइएसडी सेवा, लकिङ कोड र कल डाइभर्ट सेवा निशुल्क भएको छ।
टेलिकमका अनुसार ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क भएको टेलिकमले जनायो।
टेलिकमका अनुसार कलर आईडी सुविधा लिनका लागि कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिनसक्ने कम्पनीले जनायो।