विजमाण्डूको अर्को ब्रेकिङ पुष्टि, नेपाल स्याटेलाइट रिब्राण्डिङ गर्ने सोनेराको घोषणा

बिजमाण्डू
२०६९ साउन ६ गते ००:०० | Jul 21, 2012
विजमाण्डूको अर्को ब्रेकिङ पुष्टि, नेपाल स्याटेलाइट रिब्राण्डिङ गर्ने सोनेराको घोषणा

काठमाडौं । विजमाण्डू डटकमको एक्सक्लुसिभ समाचारलाई टेलियासोनेराले पुष्टि गर्दै शुक्रवार ‘हेलो नेपाल’को रिब्राण्डिङ गर्ने घोषणा गरेको छ । विजमाण्डू डटकमले बुधवार हेला नेपाल ब्राण्डमा मोवाइल सेवा सञ्चालन गरिरहेको नेपाल स्याटेलाइट कम्पनीमा भएको अजय सुमार्गीको ७५ प्रतिशत हिस्सा टेलियासोनेरा एयिशा होल्डिङ्गसले किनेको समाचार प्रकासित गरेको थियो ।
टेलियासोनेरा एशिया होल्डिङ्गस एनसेलको ८० प्रतिशत प्रवद्र्धक सेयर भएको कम्पनी हो । टेलियासोनेराले एनसेलसँग पूर्वाधार साझेदारी गर्दै नेपालको ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
प्रचण्ड प्रधानमन्त्री, कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा प्रचण्ड निकट व्यापारी अजय सुमार्गीलाई निक्कै सस्तो मूल्यमा नेपाल स्याटेलाईटको लाइसेन्स उपलब्ध गराइएको थियो । केही करोड रुपैयाँ खर्च गरेर लिएको लाइसेन्सबाट नै सुमार्गीले झण्डै १४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् भने अझै २५ प्रतिशत हिस्सा कम्पनीमा छ ।
टेलियासोनेराले शुक्रवार विज्ञप्ति जारी गर्दै नेपाल स्याटेलाइटका लागि एनसेलसँग पूर्वाधार साझेदारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिने बताएको छ । टेलियासोनेराबाट जारी विज्ञप्तिमा नेपाल स्याटेलाईटका अध्यक्ष म्याट्स सोलोमोनसनले हेलो नेपाल रिब्राण्डिङ सहित लगानी पनि थपि हुने बताएका छन् ।

Tata
GBIME
Nepal Life

के थियो ब्रेकिङ यो पढ्नुहोस्

सुमार्गीसँग किनेको सेयर उपेन्द्र महतोले विक्री गरे, हेलो नेपालमा एनसेलको ७५ प्रतिशत

http://www.bizmandu.com/content/-232.html#.UAo_yJFeP1Q