चिया बजारमा थपियो अर्को ब्राण्ड, दुर्इ करोडको लगानीमा थपियो टेवा मसला चिया

बिजमाण्डू
२०७४ साउन ६ गते १५:१४ | Jul 21, 2017
चिया बजारमा थपियो अर्को ब्राण्ड, दुर्इ करोडको लगानीमा थपियो टेवा मसला चिया


वुटवल।गैरे फूड प्रोडक्टले टेवा फ्रेस मसला चिया बजारमा ल्याएको छ।टंकप्रसाद गैरेको लगानीमा स्थापना भएको उद्योगले टेवा मसला चिया बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले चियाको बिक्री शुभारम्भ गरे।
 
श्रेष्ठले बुटवल औद्योगिक सम्भावनाको शहर भएको बताउँदै नयाँ लगानी थपिने क्रम तीब्र गतिमा अघि बढेको बताए।
 
यो उद्योग बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा छ।उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।उद्योग संचालक गैरेले दुर्इ करोड रुपैयाँ लगानी गरेको बताए।चियामा ल्वाङ्, सुकमेल, दालचिनी लगायत मिश्रण गरिएको उनले बताए।
 
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सदस्य शंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतको उपस्थिती रहेको थियो।