टेलिकमको डाटा प्याकेज वेवसाइटबाट खरीद गर्न सकिने, खरीद गर्न यस्तो छ प्रकृया

बिजमाण्डू
२०७४ साउन ९ गते १५:३४ | Jul 24, 2017
टेलिकमको डाटा प्याकेज वेवसाइटबाट खरीद गर्न सकिने, खरीद गर्न यस्तो छ प्रकृया
काठमाडौं।नेपाल टेलिकमका विभिन्न डाटा प्याकेज टेलिकमको वेवसाइटबाट खरीद गर्न सकिने भएको छ। 

Tata
GBIME
Nepal Life


डाटा खरीदका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा  लगअन गर्नु पर्छ । टेलिकमका अनुसार आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिन्छ।

विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिने टेलिकमले जनायो।टेलिकमका अनुसार त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।

 
सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनायो । डाटा प्याकेज पाउन मोबाइलमा आवश्यक ब्यालेन्स हुनुपर्छ।