दरबारमार्गमा थपियो अर्को ब्राण्डेड सप, इटालीको पोलिस ब्राण्डको आउटलेट खुल्यो

बिजमाण्डू
२०७४ साउन ९ गते १५:५८ | Jul 24, 2017
दरबारमार्गमा थपियो अर्को ब्राण्डेड सप, इटालीको पोलिस ब्राण्डको आउटलेट खुल्यो


काठमाडौं।विश्व प्रसिद्ध फेसन ब्राण्ड पोलिसको आउटलेट दरबारमार्गमा खुलेको छ।

Tata
GBIME
Nepal Life

आउटलेटको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सोमबार उद्घाटन गरिन्।नेपालका लागि आधिकारिक बिक्रेता एसजी इन्टरनेशनले दरबारमार्गमा आउटलेट खोलेको हो।
 

इटाली र थाइल्याण्डमा निर्माण भएका पोलिस ब्राण्डका चश्मा, घडी,छालाका उत्पादन,जुत्ता तथा चप्पल,टिसर्ट,प्यान्ट लगायका सामान यो आउटलेटमा पाइने कम्पनीले जनायो।यो ब्राण्ड प्रवर्द्धनमा विश्वका चर्चित फूटबल खेलाडी सहभागी भइसकेका छन्।ग्याब्रियल बाटिस्टुटा,डेभिड बेक्याम,जर्ज क्लोनी र नेइमार जुनियरले विज्ञापन खेलिसकेका छन्।कम्पनीका अनुसार आउटलेटमा युवा र बालबालिकाका लागि आवश्यक सामाग्री पाइनेछ।