बैंकहरुको सिडी रेसियो ८३ प्रतिशत, निक्षेप १९ प्रतिशतले बढ्दा ऋण लगानी २५ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०७४ साउन १० गते १५:५० | Jul 25, 2017
बैंकहरुको सिडी रेसियो ८३ प्रतिशत, निक्षेप १९ प्रतिशतले बढ्दा ऋण लगानी २५ प्रतिशतले बढ्यो
काठमाडौं। बर्ष दिनमा बाणिज्य बैंकहरुले निक्षेप १९ प्रतिशतले बढाएर ऋण लगानी २५ प्रतिशतले बृद्धि गरेका छन्। राष्ट्र बैंकले गत आर्थिक बर्षको बाणिज्य बैंकहरुले निक्षेपको तुलनामा ऋणको बृद्धि अधिक भएको जनाएको छ।
 
बर्ष दिनमा बैंकहरुले ३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर तीन खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरुसँग अब कुल निक्षेप २० खर्ब ८७ अर्ब पुगेको छ भने ऋण लगानी १७ खर्ब ३५ अर्ब  रुपैयाँ पुगेको छ।
 
निक्षेप परिचालनको तुलनामा अधिक कर्जा लगानी भएकै कारण लगानी योग्य पूँजीको अभाव भएको हो। यही कारणले बैंकको ब्याज दर लगभग सत् प्रतिशतले बृद्धि भएको हो।
 
ऋण र निक्षेपलाई आधार मान्दा सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८३ प्रतिशतभन्दा माथि छ। अघिल्लो आर्थिक बर्षमा सिडी रेसियो ७९ प्रतिशत थियो।
 

Tata
GBIME
Nepal Life