गोल्डस्टार जुत्ताको डिलरमिटमा भारतका व्यवसायी समेत सहभागी, २० जनाले पाए सिंगापुर घुम्ने अवसर

बिजमाण्डू
२०७४ साउन १० गते १८:४५ | Jul 25, 2017
गोल्डस्टार जुत्ताको डिलरमिटमा भारतका व्यवसायी समेत सहभागी, २० जनाले पाए सिंगापुर घुम्ने अवसर
काठमाडौं।गोल्डस्टार जुत्ताको आधिकारिक बिक्रेता किरण सुज म्यानुफ्याक्चर्सले डिलर मिट गरेको छ।

Tata
GBIME
Nepal Life

यो सम्मेलनमा नेपाल र भारतका डिलर सहभागी थिए।गोल्डस्टार जुत्ता भारतमा सबैभन्दा बढी निकासी हुन्छ।सम्मेलनमा गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पलको ब्राण्ड डेभलपमेन्टका बारेमा जानकारी दिइएको थियो।

सम्मेलनमा ७५ जना डिलर सहभागी रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।सम्मेलनमा गत वर्षको मूल्यांकन र आगामी वर्षका लागि अपनाउनुपर्ने योजनाका बारेमा छलफल भएको कम्पनीले जनायो।कम्पनीका प्रवन्ध निर्देशक अमिरप्रताप राणाले २० जना उत्कृष्ट डिलरहरुलार्इ सिंगापुर यात्राको प्याकेज हस्तान्तरण गरे।