ग्लोबल आइएमइको नाफा दुई अर्ब, सानिमा बैंकको एक अर्ब ३० करोड रुपैयाँ, इपिएसमा सुधार

बिजमाण्डू
२०७४ साउन ११ गते १०:०१ | Jul 26, 2017
ग्लोबल आइएमइको नाफा दुई अर्ब, सानिमा बैंकको एक अर्ब ३० करोड रुपैयाँ,  इपिएसमा सुधार
काठमाडौं। ग्लोबल आइएमइले दुई अर्ब ३ करोड नाफा गरेको छ भने सानिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ।
 
गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आइएमइले ४७ प्रतिशतले नाफा बढको जनाएको छ।  बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी तीन अर्ब ५६ करोड रुपैयाँ गरेको छ। बैंकले गत आर्थिक बर्षमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

Tata
GBIME
Nepal Life


 

ग्लोबल आइएमइ बैंकले चुक्ता पूँजी ८ अर्ब नघाएको छ। बैंकको जगेडा कोषमा चार अर्ब ९ करोड रुपैयाँ छ। पूँजी कोष अनुपात १२.५० प्रतिशत छ भने खराब कर्जा १.५७ प्रतिशतमा झारेको छ। बैंकको प्रति शेयर आम्दनी २५ रुपैयाँ छ। 
 
यसैगरी सानिमा बैंकले ९९ करोड ६० लाख रुपैयाँको मुनाफालाई बर्ष दिनमा एक अर्ब ३० करोड पुर्याएको छ। बैंकको खुद ब्याज आम्दानी दुर्इ अर्ब ४२ करोड रुपैयाँ गरेको छ। 
 
बैंकले गत आर्थिक बर्षमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक बर्षमा ६ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ। अघिल्लो बर्षमा बैंकको चक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ थियो। बैंकको जगेडा कोषमा दुर्इ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ। 
 
सानिमा बैंकको पूँजी कोष अनुपात १५.५५ प्रतिशत पुगेको छ भने बैंकको खराब कर्जा ०.०१ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ।