शेयर बजारमा अहिले किन छैन तीब्र उतारचढाब? १६ सय विन्दुकै वरीपरी घुम्नुमा यस्तो छ कारण

बिजमाण्डू
२०७४ साउन ११ गते १०:१३ | Jul 26, 2017
शेयर बजारमा अहिले किन छैन तीब्र उतारचढाब? १६ सय विन्दुकै वरीपरी घुम्नुमा यस्तो छ कारण
काठमाडौं।ब्याज बढेपनि शेयर बजार किन बढिरहेको छ?शेयर बजार इन्डेक्स १६ सय विन्दुकै वरीपरी किन बसिरहेको छ?

Tata
GBIME
Nepal Life

'शेयर बजारमा नयाँ लगानीकर्ता आएका छन् जसले शेयर बजारलार्इ धेरै तलमाथि जान दिएको छैन,नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बिजमाण्डूसँग भने,उपत्यका बाहिर ब्रोकर कम्पनीको शाखा खुलेपछि नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेका छन्।जसले शेयर बजारलार्इ घटबढ हुनबाट जोगाएको छ।'उनका अनुसार शेयर बजार तीब्र उतारचढाब नहुनुमा साना लगानीकर्ताको प्रवेशनै हो।
 

'अहिले हरेक ब्रोकर कम्पनीमा शेयर किन्दिनुस भनेर नयाँ/नयाँ लगानीकर्ता आउने गरेका छन्।त्यही लगानीकर्ताका कारण पनि शेयर बजार स्थिरजस्तै बनाउन सहयोग पुगेको छ'रेग्मीले भने।मोफसलमा शाखा खुलेसँगै कारोबार पनि राम्रो भएको छ।वीरगञ्जमा अढार्इ महिना अघि कारोबार थालेको नासा सेक्युरिटीजले १५ करोडको कारोबार गरेको छ।

यो कम्पनीले वैशाख १७ गतेदेखि शाखा खोलेर कारोबार थालेको थियो।नासाका विरगञ्जका प्रवन्धक जीतबहादुर दाहालका अनुसार शाखा शेयर बजारमा नयाँ लगानीकर्ता आएका छन्।उनले शेयरमा नयाँ लगानीकर्ता भित्र्याउन तालिम समेत दिएको बताउँदै साना लगानीकर्ता भित्रिएको बताए।

 

पोखरामा कारोबार गरिरहेको नेपाल स्टक हाउसका विनोद रिमालले नयाँ लगानीकर्ता शेयर खरीद गर्न आउन थालेको बताए।उनका अनुसार शेयर बारेमा जानकारी भएका बिबिए तथा एमबिए गरेका विद्यार्थीदेखि गृहिणीसम्म शेयर खरीदका लागि आउने गरेका छन्।इन्भेष्टर फोरमका अध्यक्ष डा. आत्मराम घिमिरले तरलता सहज भएर ब्याजदर घट्ने अनुमानले समेत शेयर बजारमा ओरालो नलागेको बताउँदै ब्याजदरकै कारण लगानीकर्तामा विश्वास बढेको बताए।