व्यवसायीले मुख्यसचिवसँग भने- महँगो प्लाष्टिकको चामल घाटा खाएर कसले बिक्री गर्छ?

बिजमाण्डू
२०७४ साउन ११ गते १२:४२ | Jul 26, 2017
व्यवसायीले मुख्यसचिवसँग भने- महँगो प्लाष्टिकको चामल घाटा खाएर कसले बिक्री गर्छ?


काठमाडौं।प्रहरीले कसैको उजुरीका आधारमा अनुसन्धाननै नगरी व्यापारी थुन्ने गरेको भन्दै नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ। चेम्बरका प्रतिनिधीमण्डलले मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग भेट गरेर यो गुनासो गरेका हुन्।
 

प्रहरीले एक महिनाअघि प्लाष्टिकको चामल बिक्री गरेको भन्दै व्यापारी टंक शेरचनलार्इ पक्राउ गरेको थियो।बरामद गरिएको चामल परीक्षण गर्दा प्लाष्टिकको नभर्इ सक्कली चामल भएको पुष्टी भएको थियो।खाद्य तथा गुण नियन्त्रण विभागले चामलनै रहेको पुष्टी गरेपछि मात्रै शेरचनलार्इ रिहा गरिएको थियो।चेम्बरले यही मुद्दालार्इ आधार बनाएर अनुगमनमा कुनै गल्तीदेखिने वित्तिकै थुनछेक गर्ने कार्य रोक्न लबिङ सुरु गरेको हो।
 
भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्याय परेको बताए । उनले भने, चामलभन्दा प्लाष्टिक धेरै महँंगो छ,यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि बढाइयो।

Tata
GBIME
Nepal Life

श्रेष्ठले उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने बताए। भेटमा क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए । भेटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्धितिय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिवद्धय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे लगायतको उपस्थिती रहेको थियो।