मारुती सिमेन्ट किन्दा पाइनेछ पुरस्कारै पुरस्कार, मोबाइलदेखि रेनोल्टको क्वीड कारसम्म उपहार

बिजमाण्डू
२०७४ साउन ११ गते १२:५४ | Jul 26, 2017
मारुती सिमेन्ट किन्दा पाइनेछ पुरस्कारै पुरस्कार, मोबाइलदेखि रेनोल्टको क्वीड कारसम्म उपहार
काठमाडौं।मारुती सिमेन्टले १२मा ६ खजाना योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो योजना अनुसार उपभोक्ताले सिमेन्ट किन्दा कुपन पाइने र त्यो कुपनबाट ६ पटकसम्म उपहार पाउनेसक्ने छन्।कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले सुरक्षित र मजवुत निर्माणसँगै ग्राहकलार्इ खुशियाली थप्न विशेष योजना ल्याएको बताए।योजनामा सहभागी हुन एकपटकमा १२ बोरा मारुती सिमेन्ट किन्नुपर्ने कम्पनीले जनायो।

कम्पनीका अनुसार सिमेन्ट किन्दा स्क्रयाच कुपन पाइने र तत्कालै २० देखि ५० रुपैयाँ स्योरसट पुरस्कार पाइनेछ।यो वाहेक कुपनमा युनिककोड राखेको र त्यो कोड ३२०४८मा एसएमएस गरेर ग्राहकले पठाउनुपर्नेछ।कम्पनीका अनुसार लक्की ड्रमार्फत हरेक दिन सामसङ ग्यालेक्सी जे फाइभ मोबाइल,हरेक साता थाइल्याण्ड भ्रमण,हरेक महिना बजाज एभेन्जर बाइक र बम्पर उपहार १५ तोला सुन पाइनेछ।कम्पनीले मेगा बम्पर उपहारमा रेनल्टको क्वीड कार पाउने जनाएको छ।