शेयर बजार स्थिर गतिमा, आठ अंकको बृद्धि, सवा अर्ब रुपैयाँ बढिको कारोबार

बिजमाण्डू
२०७४ साउन ११ गते १५:४२ | Jul 26, 2017
काठमाडौँ । सुरु देखिनै स्थिर गतिमा देखिएको शेयर बजार बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। खुलेको १० मिनेटमै आठ अंकले बढेको बजार त्यसपछि धेरै उतार चढाव भएन। १ बजे १६५९ अंकसम्म उक्लिएको बजार फेरि सुरुमा बढेर पुगेकै बिन्दुमा ओर्लिएको थियो।
 
साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ। 
 
सवा अर्ब रुपैयाँ बढिको कारोबार समेत भएको हो। बजारमा ब्याजदर वृद्धि र लगानी योग्य पूँजी अभाब देखिएपनि शेयर बजारको कारोबार रकममा खास असर देखिएको छैन। आज १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा खरिद बिक्रि भएको हो। सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको नौ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको भयो। 
 
आज उपसुचक मिस्रित देखिएका छन्। आठ समुहको कारोबारमा बैंक ५.४२ र जलबिद्युत १.९९ अंकले घटेको छन्। होटल २५.४३, विकास बैंक १४.४१, फाइनान्स ४.०३, बीमा ३०९.८९, उत्पादनमुलक ३५.४२ र अन्य ०.८७ अंकले बढेका छन्। 
 
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। न्याग्दी पावर कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतले घटेको छ।
 

Tata
GBIME
Nepal Life