बैंकहरुले ब्याजदर बढाएकोमा ब्यापारीहरु निरास, भन्छन्- सातबाट सत्र प्रतिशत पुगेपछि चौपट भयो

बिजमाण्डू
२०७४ साउन ११ गते १५:५३ | Jul 26, 2017

काठमाडौं। बैंकले ब्याजदर बढाएको भन्दै उद्योगी तथा ब्यापारीहरुले बाणिज्य र राजस्व सचिवसंग गुनासो गरेका छन्। नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिहरुले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्ययसंग छुटाछुटै भेट गरी ब्यापारीहरुको समस्याबारे अवगत गराएका थिए।

Tata
GBIME
Nepal Life

राजश्व सचिव ढुंगानासंगको भेटमा सात प्रतिशतमा सिमित बैंकको व्याजदर बढेर १७ प्रतिशतसम्म पुगेकाले ब्यापारीहरु मर्कामा परेको विषयमा ध्यानाकर्षण गराएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।

आजै वाणिज्य सचिव उपाध्यायसंगको भेटमा उद्योगी ब्यापारीहरु हाल ड्राफ्ट अवस्थामा रहेको उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अनुसार कानुन बनेमा व्यापार व्यवसायलाई चौपट हुने जिकिर गरे। उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को दफा ५१ ग मा दश वर्षसम्म कैद वा दश लाखसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था भएको भन्दै उद्योगी ब्यापारीहरुले  आपत्ति जनाएका थिए।

भेटघाटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।