निम्बसको बर्डफ्लु रिलिफ फण्डले दियो पीडितलार्इ सहयोग, सुनसरीका किसानले पाए तीनलाख नगद

बिजमाण्डू
२०७४ साउन ११ गते १७:१८ | Jul 26, 2017

काठमाडौं। निम्बसले बर्डफ्लुबाट नोक्सान ब्योहोरेका सुनसरीका सञ्जय गौतमलार्इ तीन लाख ३८ हजार ४८८ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका कार्यकारी निर्देशक डा. दिनेश कुमार गौतमले एक कार्यक्रमकाबीच  सहयोग रकम हस्तान्तरण गरे।

Tata
GBIME
Nepal Life

निम्बसले झापामा पहिलो पटक बर्डफ्लु देखापरेसँगै हरेक बर्ष बर्डफ्लुबाट नोक्सानी ब्योहोरेका कुखुरापालक किसाानलार्इ सहयोग गर्दै आएको छ। कम्पनीले आफ्नो उत्पादन नियमित रुपमा छ महिना भन्दा बढि समयदेखि प्रयोग गर्नेलार्इ सरकारले दिने राहत सहयोग बराबरको रकम सहयोग गर्दै आएको जनाएको छ।

यस पटक सुनसरीस्थित खनार-१२ पाथिभरा पोल्ट्री फर्मका ‘शक्ति फिड’ प्रयोगकर्ता सञ्जय गौतमलार्इ सहयोग गरेको हो। कृषक गौतमको बर्डफ्लुका कारण ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो। कम्पनीले सहयोग गर्ने क्रम आगामी दिनमा समेत जारी रहने बताएको छ।