नेपाल टेलिकमले ल्यायो अफरै अफर, विदेशबाट आएको कल उठाउँदा पनि बोनस पाइने

बिजमाण्डू
२०७४ साउन १५ गते १५:२२ | Jul 30, 2017
नेपाल टेलिकमले ल्यायो अफरै अफर, विदेशबाट आएको कल उठाउँदा पनि बोनस पाइने
काठमाडौं।नेपाल टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन पाइने कम्पनीले जनाएको छ।कम्पनीले सोमबारदेखि ९० दिनका लागि लागु हुने जनाएको छ।टेलिकमले एडीएसएलमा समेत छुट अफर ल्याएको छ।
 

कम्पनीका अनुसार एक एमवीपीएसम्मको गतिको एडिएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाइनेछ।पहिला मासिक २ सय ५६ केवीपिएस गतिको एडिएसल सेवाको १ हजार १७ रुपैयाँ तिर्नुपर्थ्यो।कम्पनीले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा तीन सय रुपैयाँमै पाइने कम्पनीले जनायो।

कम्पनीका अनुसार २५ जीबी डाटाको पाँच सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य सात सय रुपैयाँ तोकेको छ। यी डाटाको गति १ एमबीपीएस सम्म हुने कम्पनीले जनायो।कम्पनीले दर्ता शुल्क पनि पाँच सयबाट घटाएर भोल्युम बेस्डको कर वाहेक दुर्इ सय रुपैयाँ र अनलिमिटेडको तीन सय रुपैयाँ तोकेको जनाएको छ।

 
कम्पनीका अनुसार अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । कम्पनीका अनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज तीन महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पूरानै मूल्यमा प्रयोग गर्न पाइनेछ।कम्पनीले १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने जनाएको छ।