नविल बैंकले कमायो सुपर नाफा, खुद आर्जन तीन अर्ब ६२ करोड, ४५% सम्म लाभांश दिन सक्ने

बिजमाण्डू
२०७४ साउन १९ गते १०:४५ | Aug 3, 2017
काठमाडौं । नविल बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा २८ प्रतिशले बृद्धि गरेको हो। 
 
आर्थिक बर्ष २०७२/७३ मा बैंकले दुर्इ अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको थियो। 

Tata
GBIME
Nepal Life


 

नविल बैंकको चुक्ता पूँजी हाल ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ। गत बर्षको नाफाबाट बैंकले वोनस शेयर जारी गरि बैंकले पूँजी आठ अर्ब रुपैयाँ पुर्याउनेछ। नाफाका आधारमा बैंकले ४५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएको छ। 
 
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी पाँच अर्ब ४५ करोड रुपैयाँ गरेको छ। अघिल्लो बर्षमा बैंकको यस्तो आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँ थियो। 
 
निक्षेप संकलनमा नविल बैंक खर्बपति क्लबमा उक्लिन सफल भएको छ। बैंकले असारसम्ममा एक अर्ब एक अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो। वित्तिय क्षेत्रमा निक्षेप वृद्धि हुन नसकि रहेको बेला नविलले एक बर्षमा १२ अर्ब रुपैयाँ निक्षेप बढाएको छ। बैंकसँग १७ अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा निक्षेप समेत रहेको छ।
 
बैंकले गत आर्थिक बर्षमा ९१ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। एक बर्षमा १४ अर्ब रुपैयाँले बैंकको कर्जा लगानी बढेको हो।
 
बैंकको पूँजी कोष अनुपात समेत फराकिलो बनेको छ। अघिल्लो बर्ष ११.७३ प्रतिशत रहेको पूँजी कोष अनुपात १३.३४ प्रतिशतमा पुगेको छ। बैंकको खराब कर्जा अनुपात समेत १.१४ प्रतिशतबाट ०.७९ प्रतिशतमा झरेको छ। 
 
बैंकको ‘कष्ट अफ फण्ड’ २.७० प्रतिशत रहेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा .६२ प्रतिशत बिन्दुले बढेको हो। तथापी अरु बैंकको तुलनामा नविलको कष्ट अफ फण्ड अझै पनि न्यून छ।