विश्वभर चिनियाँ मोबाइलको दबदबा, विश्वको आधा बजार चिनियाँको कब्जामा, शिआओमी सबैभन्दा अघि

बिजमाण्डू
२०७४ साउन १९ गते १३:४१ | Aug 3, 2017

स्मार्टफोनको बजारमा चिनियाँ कम्पनीहरुको बर्चश्व यसरी बढीरहेको छ कि यसले एप्पलको बजार समेत घटाइदिएको छ। विश्वभर मोबाइल बिक्रीको ट्रेन्ड हेर्ने हो भने विश्वबजारको ४८ प्रतिशत हिस्सा चिनियाँ मोबाइलले नै ओगटेको छ।

मार्केट रिसर्च कम्पनी काउन्टरपोइन्ट रिसर्चले बुधबार जारी गरेको रिपोर्टले चीनको स्मार्टफोन कम्पनीहरुले दक्षिण एसिया र अफ्रिकाको बजारलार्इ मात्र होइन विश्वबजारलार्इ नै प्रभाव पारेको छ। विश्वभरकै स्मार्टफोनको बजारको आधा हिस्सा चिनियाँ फोनले ओगटेको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ कम्पनी श्याओमीको बिक्री सबैभन्दा बढी ६० प्रतिशत छ। यस्तै विवो कम्पनीको ४५ प्रतिशत र ओप्पोको ३३ प्रतिशत बजार हिस्सा छ। यस्तै हुवावेको बिक्रीमा पनि एक वर्षमै २० प्रतिशतले बृद्धि भएको छ।

चीनले आफ्नो ब्राण्डहरुलार्इ देशमा मात्र होइन विश्वभर नै स्थापित गर्ने रणनीति अनुसार काम गरिरहेको छ। यसै बर्षको ६ महिनाको अन्तरालमा चिनियाँ ब्राण्डहरुले देश बाहिर कारोबार तीब्र बिस्तार गरेको छ।

विश्वभरको त्रैमासिक ब्रिक्रीमा सामसुङ सबैभन्दा अघि रहेपनि त्यसको बजार हिस्सा २२ प्रतिशत छ। सामसुङको बिक्रीमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा केवल ४ प्रतिशतको मात्र बृद्धि देखिएको छ। सन् २०१७ को दोस्रो त्रैमासिकमा विश्वभर स्मार्ट फोनको बिक्री ३ प्रतिशतले बढेको छ।