डेलको अल्ट्राबुक नेपाली बजारमा, मूल्य एक लाख रुपैयाँ

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
डेलको अल्ट्राबुक नेपाली बजारमा, मूल्य एक लाख रुपैयाँ


काठमाडौं । डेल कम्प्युटरको सबैभन्दा छिटो चल्ने अल्ट्राबुक नेपाली बजारमा आएको छ । डेलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले डेलको एक्सपीएस १३ अल्ट्राबुक बजारमा ल्याएको हो ।
यो अल्ट्राबुकको मूल्य एक लाख रुपैयाँ छ । यो अल्ट्राबुकको तौल १.३६ किलो मात्रै छ । तौल कम भएकोले बोक्न सजिलो हुनेछ । उच्चस्तरीय निर्माण, प्रिमियम लुक्स र छिटो सञ्चालन हुने विशेषता यो अल्ट्राबुकमा छ ।
यो अल्ट्राबुकमा हल्का कार्वन फाइबरको प्रयोग गरिएको छ । यसले ल्यापटप हलुका बनाएको छ । इन्टेलको कोर आइफाइभ प्रोसेसर रहेको यो अल्ट्राबुकमा ४ गिगावाइटको ¥याम र १ सय २८ गिगावाइटको सोइल्ड स्टेट ड्राइभयुक्त छ । अल्ट्राबुकमा १३.३ इन्चको डिस्प्ले, १.३ मेगापिक्सेलको वेबक्याम रहेको छ ।
हाइ रिजुलेसन स्क्रिन भएकोले फिल्म हेर्दा उच्चगुणस्तर प्राप्त हुने कम्पनीको दावी छ । नेपाली उपभोक्तालाई रङ छनौट गर्न पाउने सुविधा भने छैन । कम्पनीले यो अल्ट्राबुक सिल्भर रङमा मात्रै नेपाली बजारमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life