३० बर्षे सेवा अवधि हटाउन खोजिएको भन्दै राष्ट्र बैंक कर्मचारी आन्दोलित, १ घण्टा काम ठप्प

बिजमाण्डू
२०७४ साउन २२ गते १४:४९ | Aug 6, 2017
३० बर्षे सेवा अवधि हटाउन खोजिएको भन्दै राष्ट्र बैंक कर्मचारी आन्दोलित, १ घण्टा काम ठप्प
काठमाडौं । कर्मचारी विनियमावलीबाट ३० बर्षे सेवा अवधिको प्रावधान हटाउन खोजिएको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन्। नेपाल राष्ट्र बैंक कर्मचारी संघको आह्वानमा कर्मचारीहरुले केन्द्रीय कार्यालय बालुवाटार, थापाथली एवं सबै शाखा कार्यालयमा आइतबार बिहान एक घण्टा काम ठप्प पारेका हुन्। 

Tata
GBIME
Nepal Life


 

संघले आफुहरुको सहमति बिना जबरजस्ती ३० बर्षे प्रावधान हटाउन खोजेको आरोप लगाएको छ। यदि व्यवस्थापनले आफ्नो चेतावनी नसुनी यो प्रावधान हटाएमा जस्तो सुकै आन्दोलन गर्न तयार रहेको संघका अधिकारीले जनाएका छन्। 


 

आइतबार बिहान सवा १० बजे नै संघले बालुवाटार लगायत सबै शाखाका कर्मचारीलाई कोण सभामा सहभागि हुन आह्वान गरेको थियो। त्यस अनुरुप कर्मचारीले कार्यालय बाहिर आएर सभामा भाग लिएका थिए। 


 

वित्तिय क्षेत्र सुधार कार्यक्रमको मर्म अनुसार पुरानो जनशक्तिको वहिर्गमन र नयाँ पुस्तालाई बैंकमा आकर्षित गर्न ३० बर्षे सेवा अवधि लागु गरिएको थियो। राष्ट्र बैंक सहित नेपाल बैंक, बाणिज्य बैंक, कृषि विकास बैंक लगायतमा पनि यो प्रावधान राखिएको छ। यो व्यवस्था हटे राष्ट्र बैंकमा निवृत्त हुन लागेका झन्डै ३०० कर्मचारीको जागिर लम्बिने भन्दै विरोध भइ रहेको छ। सरकारी बाणिज्य बैंकमा पनि ठूलो संख्याका कर्मचारीको जागरि लम्बिनेछ।