दरबारमार्गमा सेलको बहार, तिज नजिकिएसँगै सस्तोमा सामान बेच्न लहर, केमा कति छुट?

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ साउन २४ गते १५:२५ | Aug 8, 2017

काठामडौं । चाडबाड नजिकिँदै जाँदा राजधानीको 'प्रिमिमय मार्केट' दरबारमार्गमा सेल अफर सुरु भएको छ। गर्मी मौसम अन्त्य हुनै लाग्दा दरबारमार्गका प्रायः सपिङ सेन्टरमा बिभिन्न उमेरका उपभोक्ता लक्षित सेल अफर सुरु भएको हो।

Tata
GBIME
Nepal Life

जुत्ता, मोजा, चप्पल, सर्ट, टी-सर्ट, पेन्ट, ब्लेजर, ज्याकेट, लगेज, ब्याग, वालेट, लगायत बिभिन्न उपभोग्य सामाग्रीमा १५ देखि ६० प्रतिशतसम्म छुट घोषणा गरिएको छ। हरेक बर्ष चाड नजिएकपछि सेल अफर ल्याउँदै आएको बेन्ट्ले सपिङ सेन्टरले यसपाली पनि ब्याग, जुत्ता, चप्पल, छालाका पहिरन, वालेट आदिमा छुट घोषणा गरेको छ।

बेन्टलेले दुई हजार देखि १२ हजार रुपैयाँसम्म पर्ने जुत्तामा २० देखि ५० प्रतिशत, एक हजार पाँच सय देखि १२ हजारसम्म पर्ने ब्यागमा १० देखि ५० प्रतिशत, १० हजार देखि देखि २५ हजारसम्म पर्ने ज्याकेटमा २० देखि ५० प्रतिशत छुट घोषणा गरेको हो।

यस्तै लिभाइसले दुई हजार ५९० देखि र११ हजार रुपैयाँसम्‍मको पहिरनमा २० प्रतिशत छुट पाउन घोषणा गरेको छ। स्टक सामान भने ३० देखि ५० प्रतिशत नै सेल अफर सञ्चालन गरेको सपिङ सेन्टरका प्रतिनिधी निकेस महर्जनले जानकारी दिए।

“मिटर्स बोनवे” को एक हजार ९५ देखि पाँच हजार रुपैयाँसम्म पर्ने 'एडल्ट वेयर'मा २० देखि ५० प्रतिशत छुट घोषणा गरिएको छ। पुमाका पाँच हजार ५०० देखि र२३ हजार रुपैयाँसम्‍म पर्ने जुत्ता, टी सर्ट, ब्याग जस्ता सामाग्रीहरुमा २० देखि ५० प्रतिशत छुट राखिएको कम्पनीका प्रतिनिधि रसिक गुरुङले बताए।

भ्यान हेउसेनले तीन हजार १९९ देखि चार हजार ३९९ रुपैयाँसमम पर्ने सर्टमा ४० प्रतिशत, १४ हजारदेखि १७ हजारसम्मको ब्लेजरमा ३० प्रतिशत, एवं तीन हजार ७९९ देखि चार हजार ३०० रुपैयाँसम्मको प्यान्टमा २० प्रतिशत छुट घोषणा गरिएको छ।
ससाना बालबालिकाहरुलाई लक्षित गर्दै ट्वेन्टी किड्स कलेक्सनले ९९५ देखि दुई हजार १०० रुपैयाँसम्म पर्ने खेलौना र पहिरनयुक्त सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिएको छ।

आफ्नो कारोबार यात्राको तेस्रो वार्षिकोत्सवको अवसरमा एन्टाले पनि छ हजार देखि १२ हजार रुपैयाँसम्म पर्ने जुत्ता, टि सर्ट, प्यान्ट, व्याग, ज्याकेट जस्ता सामाग्रीमा १५ देखि ५० प्रतिशत छुट घोषणा गरेको छ।

महान चाड दशैँको आगमन लाई स्वागत गर्दै भनेर नाइकले १२ हजार देखि २० हजार रुपैयाँ पर्ने जुत्‍तामा २५ देखि ४० प्रतिशत छुट दिएको सपिङ सेन्टरका प्रतिनिधी राजेन्द्र रेवारले बताए।