साओमी फोनमा अबदेखि बीमा, हराएमा वा चोरी भएमा बीमा दावी गर्न सकिने, वारेन्टीको पनि सुविधा

बिजमाण्डू
२०७४ साउन २५ गते १२:१२ | Aug 9, 2017
साओमी फोनमा अबदेखि बीमा, हराएमा वा चोरी भएमा बीमा दावी गर्न सकिने, वारेन्टीको पनि सुविधा
काठमाडौं। चिनियाँ मोबाईल कम्पनी साओमिको आधिकारिक विक्रेता शारदा गुप्रअन्तर्गतको वत्सल इम्पेक्स प्रालिले बीमा योजना सुरु गरेको छ।
 
कम्पनीले नेपाली बजारमा साओमीको बिस्तारका लागि पहिलो पटक हरेक स्मार्ट मोवाईल फोनमा निःशुल्क बीमा नीति ल्याएको जनाएको छ। 
 
यसअन्तर्गत कम्पनीले मोवाईल चोरी भएमा, मोवाईलको भौतिक क्षति भएमा, दुर्घटनामा परी क्षति भएमा  ग्राहकले कम्पनीमा दावी गर्न सक्नेछन्। कम्पनीले ग्राहकहरुलाई मोवाईल सर्भिसमा अतिरिक्त वारेन्टीको सुविधा समेत दिने विज्ञप्तिमा उल्लेख गरेको छ। 

Tata
GBIME
Nepal Life