सरकारी सेवाको अवसरः राष्ट्रिय अनुसन्धान विभागले माग्यो २२ अधिकृतसहित ५५ कर्मचारी

बिजमाण्डू
२०७४ साउन २६ गते ०९:४८ | Aug 10, 2017
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृतसहित ५५ स्थायी दरबन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विभागले सूचना प्रकाशित गरी साउन २६ गतेदेखि ३० दिनभित्र तोकिएका कार्यालयमा तोकिएको शर्त पूरा गरी दरखास्त दिन आह्वान गरेको छ। समावेशी समावेशी सिद्धान्त अनुसार पदपूर्ति हुनेछ।
 
विभागले अनुसन्धान अधिकृतमा २२ जनशक्ति पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। जसमा खुल्लामा १२, आदिवासी जनजाति ३, मधेशी ३, महिला २, दलित १ र पिछडिएको क्षेत्र १ जना माग गरेको छ।
 
यस्तै, अनुसन्धान सहायकमा ३३ जना माग गरिएको छ। जसमा खुल्लामा १८, आदिवासी जनजातिमा ५, मधेशीमा ४, महिला ३, दलित २ र पिछडिएको क्षेत्रमा १ जना माग गरिएको छ।
 
दरखास्त फाराम राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालय सिंहदरबार र क्षेत्रीय कार्यालयहरु धरान, हेटौंडा, पोखरा, वीरेन्द्रनगर र दिपायलमा समेत बुझाउन सकिनेछ।
 
दरखास्त दिने म्याद साउन २६ गतेदेखि ३० दिन कायम गरिएको छ।
 
अनुसन्धान अधिकृतको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। अनुसन्धान सहायकको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ।
 
अनुसन्धान अधिकृतमा पुरुषको उमेर २१ वर्ष पूरा भई २५ ननाघेको तथा महिलाको हकमा २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै, सहायकमा पुरुषका लागि १८ वर्ष पूरा भई २५ वर्ष नकटेको तथा महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष पूरा नभएको हुनुपर्नेछ।

Tata
GBIME
Nepal Life