लाजिम्पाटमा सूचना प्रविधिको सुपर मार्केट, ल्यापटप, मोवाइल, एक्सेसरिज पाइने

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
लाजिम्पाटमा सूचना प्रविधिको सुपर मार्केट, ल्यापटप, मोवाइल, एक्सेसरिज पाइने

काठमाडौं । गोल्छा समूहको नियोटेरिक नेपालले काठमाडौंको लाजिम्पाटमा मल्टीब्रान्ड सोरुम शाखा खोलेको छ । कम्पनीको यो नयाँ सुचना प्रविधि सोरुम हो । कम्पनीले नयाँ सोरुमलाई नेपालकै सबैभन्दा ठूलो र धेरै सुविधा भएको दावी गरेको छ ।
लाजिम्पाटको मेट्रोपार्कमा रहेको सोरुममा ग्राहकले पछिल्लो पुस्ताका ल्यापटप, मोवाइल, एक्सेसरिज किन्न सक्छन् । कम्पनीले यो सोरुमलाई सूचना प्रविधिको सुपरमार्केट भएको दावी गरेको  छ । सोरुममा पुगेका सूचना प्रविधिका ग्राहकले यसको अनुभव लिँदै विद्युतीय उपकरण किन्न सक्नेछन् ।
सोरुपममा नियोटेरिकले विक्री गर्ने डेल, एचपी, सामसङ, नोकिया, लजिटेक, बेल्किन, सिस्कोलगायतका व्रान्डका सुचना प्रविधि सामग्री पाइने छ ।

Tata
GBIME
Nepal Life