टिभिएसको स्ट्राइकर नेपाली बजारमा, एक लिटर इन्धनमा ६७ किलोमिटर माइलेज, मूल्य एक लाख ७५ हजार

बिजमाण्डू
२०७४ साउन २६ गते १८:४९ | Aug 10, 2017

काठमाडौं । टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएिस स्ट्राइकर १२५ मोटरसाइकल विहिवार काठमाडौंमा सार्वजनिक गरेको छ । नयाँ मोटरसाइकलको विक्रि सुरुवातसँगै नेपाली बजारमा  टिभिएस मोटरको प्रभाव अझ बलियो हुने विश्वास कम्पनीले गरेको छ । 

जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतले नयाँ मोटरसाइकलको काठमाडौंमा सार्वजनिक गरे । टिभिएस स्ट्राइकर कम इन्धन खपतमा उच्च क्षमतामा चल्ने हुँदा नेपाली बाटोमा उपयुक्त हुने विश्वास कम्पनीले लिएको छ । यसमा भएका विशेषताले नेपालका ग्राहकलाई सन्तुष्टि दिने र मन जित्ने टिभिएस मोटरका उपाध्यक्ष आर. दिलिपले बताए। टिभिएस स्ट्राइकरले नेपाली युवाको मागलाई पूर्णरुपमा सम्वोधन गर्छ उनले भने । 


ईको थ्रष्ट इन्जिनयुक्त यो मोटरसाइकलले आठ हजार आरपिएममा ८.१ केडब्लु शक्ति प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। यो मोटरसाइकलले एक लिटर पेट्रोलमा ६७ किलोमिटर माईलेज दिने दावी पनि कम्पनीको छ । यही कारण यो मोटरसाइकल आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिएको कम्पनीको दावी छ। 

बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले मोटरसाइकललाई अझ आकर्षक बनाएको पनि कम्पनीको भनाई छ । मोटरसाइकलको टेल ल्याम्प एलइडि छ भने यो डिजिटल स्पीडोमिटर युक्त रहेको कम्पनीले जानकारी दिएको छ । 

Tata
GBIME
Nepal Life

ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र मोटरसाइकलमा उज्यालो हेडल्याम्प जडान गरिएको पनि कम्पनीले जानकारी दिएको छ। हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्टले मोटरसाइकल चालकलाई आरामदायी यात्रा दिने दावी पनि कम्पनीको छ । 


ईलेक्ट्रिक स्र्टाटको विकल्प छनोट रहेको टिभिएस स्ट्राइकरको मूल्य एक लाख ७४ हजार नौ सय रुपैयाँ छ भने यो तीन रङमा उपलब्ध रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।