सबैभन्दा धेरै नाफा गर्ने विकास बैंकमा महालक्ष्मी, माइक्रोफाइनान्समा निर्धन उत्थान

बिजमाण्डू
२०७४ साउन २७ गते ११:०६ | Aug 11, 2017
काठमाडौं। आजसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकले नाफामा सबैलाई उछिनेको छ। माइक्रोफाइनान्समा निर्धन उत्थान बैंक सबैभन्दा बढि नाफा कमाएको छ।
 
महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा ७० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो। यति विकास बैंकसँगको मर्ज पश्चात बैंकको नाफा ह्वात्तै बढेको हो। अघिल्लो बर्ष महालक्ष्मीको नाफा ३६ करोड २९ लाख रुपैयाँ थियो। बैंकले एक अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 
 
बैंकले गत असारसम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरि २० अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 
 
बैंकको पूँजी कोष अनुपात १४.६२ प्रतिशत रहेको छ भने खराब कर्जा ३.६३ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेको छ। 
 
त्यस्तै निर्धन उत्थान बैंकले गत आर्थिक बर्षमा ५८ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले एक अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले गत आर्थिक बर्षसम्ममा १२ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 
 
बैंकको खराब कर्जा ०.३१ प्रतिशत रहेको छ। गत आर्थिक बर्षको वित्तिय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ९७ रुपैयाँ रहेको छ।
 
त्यस्तै किसान र समता माइक्रोफाइनान्सले पनि नाफा बढाएका छन्। किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षमा एक करोड ४३ लाख रुपैयाँ नाफा कमाएको हो। 
 
समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षमा एक करोड ४० लाख रुपैयाँ नाफा गरेको छ। संस्थाको चुक्ता पूँजी तीन करोड १६ लाख रुपैयाँ रहेको छ।
 
दुर्इ फाइनान्स सिनर्जी र रिलायन्सको पनि नाफा बढेको छ। सिनर्जी फाइनान्सले गत आर्थिक बर्षमा १८ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ। यस्तै रिलायन्स फाइनान्सले गत आर्थिक बर्षमा १० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ। 

Tata
GBIME
Nepal Life