‘यसरी टिक्छौँ नम्बर वानमा’, नेपाल लाइफका सिइओ झाको प्रतिस्पर्धा सुत्र

बिजमाण्डू
२०७४ साउन २७ गते १२:३२ | Aug 11, 2017
‘यसरी टिक्छौँ नम्बर वानमा’, नेपाल लाइफका सिइओ झाको प्रतिस्पर्धा सुत्र
आर्थिक जोखिम न्युनिकरणको एक उपयुक्त माध्यम हो बीमा। बीमाले नियमित बचतको बानी बसाउनुका साथै पूँजी निर्माणमा सघाउँछ। बैंकमा बचत गर्दा जसरी ब्याज पाइन्छ त्यसरी नै बीमा बाट पनि बोनसको रुपमा आम्दानी हुन्छ। नियमित जागिर भएका जागिरेले बीमा गर्दा कर छुट हुने प्राबधान समेत रहेको छ। 
 
बिमितले आफ्नो बीमा ‘म्याचोरिटी’ भएसँगै पाउने एकमुष्ट पैसाले व्यापार, व्यवसायमा लगानी गर्ने अवसर पनि पाउँछन्। नेपालीहरुमा बचत भन्दा खर्च धेरै गर्ने बानी बढिरहेको छ। विदेशबाट आएको रेमिट्यान्सको अधिकांश हिस्सा बिदेशी सामान किनेर उतै फर्किन्छ। बीमा गर्ने बानी बसाल्ने हो भने केही मात्रामा भए पनि बचत र अफ्ठ्यारो पर्दाको लागि सुरक्षण हुन जान्छ।
 
नेपालमा बीमालार्इ हेर्ने नजर राम्रो पाइँदैन। यसको प्रमुख कारण बीमा प्रतिको गलत धारण पनि हो। बीमा गर्नु भनेको अभिकर्तालाई कमिसन खुवाउनु भनेर बुझिने गरेको छ। तिनै अभिकर्ता बिमितको भविष्यको सुरक्षाको लागि दिन रात खटिरहेको तथ्य भने हामी देख्दैनौँ।
 
नेपालमा ९९ प्रतिशत जीवन बीमा लेख अभिकर्ताबाट बिक्री हुने गरेको छ। अभिकर्ता नै वास्तवमा बीमाको जनचेतना जगाउने माध्यम हुन्। उनीहरुबिना बीमा सम्भब छैन। तिनै अभिकर्तालार्इ बीमा कम्पनीले समय सापेक्ष र सही ढंगले तालिम दिइ रहेका छैनन्। बजारमा दक्ष र जिम्मेवार अभिकर्ता उत्पादनका लागि कम्पनीहरुले नै तालिम सञ्चालन गर्नु पर्छ।
 
दक्ष अभिकर्ता नहुँदा जनतामा बीमाबारे गलत सन्देश फैलिने सक्छ। अहिले पनि बीमा कम्पनीले अभिकर्तालार्इ दिने तालिममा कमजोरी छन। १० जनाले अभिकर्ता तालिम दिए भने दुर्इ जनाले मात्र बिजनेस ल्याउन सफल हुन्छन्। यो हाम्रो तालिमको अपुर्णताको कारणले हो। 
 
बिजनेस ल्याउन नसक्ने केहि अभिकर्ताले बीमा बारेमा भ्रम पैदा गर्ने, गलत व्याख्या गर्ने जोखिम रहन्छ। यसको लागि बीमा अभिकर्ता लार्इ दिने तालिममा सुधार ल्याउनै पर्छ। अभिकर्तालार्इ तालिम दिँदा हौसलामा जोड दिनु पर्छ। विश्वमा नै मार्केटिङ गार्ह्रो तर अपरिहार्य काम हो। त्यसैले अभिकर्ताको सीप र क्षमता विकासलाई कम्पनीले कहिल्यै बोझको रुपमा लिनु हुँदैन।
***
नेपालमा बीमा कम हुनुको प्रमुख कारण सरकारका सबै पक्षले बीमालार्इ तेस्रो प्राथमिकतामा राखि दिनाले हो। बीमाको लागि बीमा कम्पनी सरकारी निकाय तथा नियमनकारी निकाय सबै मिलेर जानु पर्छ। बीमालार्इ पहिलो प्राथमिकतामा पार्ने मुख्य दायित्व त हाम्रो नै हो।
 
राज्यले भविश्यको नीति बनाउँदा दिर्घकालिन लगानी जुटाउने भनेर सोचि रहेको हुन्छ। वास्तवमा बीमा पनि यसका लागि एक महत्वपुर्ण माध्यम हो। बीमाबाट ठूलो पूँजी निर्माण हुन्छ र राज्यले यसबाट फाइदा लिन सक्छ। यसका लागि पाँच बर्षे/१० बर्षे योजना लिएर काम गर्ने हो भने बीमाको अवस्था नै परिवर्तन हुन्छ। 

Tata
GBIME
Nepal Life


 

हामी जीवन बीमा कम्पनीको सबैभन्दा महत्वपुर्ण काम भनेको बिमितबाट उठाएको रकमको उचित व्यवस्थापन नै हो। यो रकम हाम्रो सम्पत्ति नभइ दायित्व हो। त्यसैले यसको व्यवस्थापनमा चुकेको खण्डमा बिमितको भविश्यको सुरक्षण सहि ढंगले नहुन सक्छ।
 
अहिले जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत उठाएको रकमको ८० प्रतिशत हिस्सा बैंकमा रहेको छ। बैंकको ब्याजदर अघिल्लो आर्थिक बर्षमा ३/४ प्रतिशत रहेको थियो। गत बर्ष यो १४ प्रतिशतसम्म पुग्यो र अहिले ७ प्रतिशतमा झरेको छ। यसले गर्दा हामीले बीमितलार्इ दिने बोनसमा पनि असर परेको छ। 
 
यसरी क्षणिक उतार चढावले असर नगरोस् भनेर हामीले दीर्घकालिन रुपमा लगानी गर्ने वातावरण माग गरेका हौँ। यसका लागि सबैभन्दा उचित माध्यम भनेको सरकारी ऋणपत्र हो। सरकारले १०/१५ बर्षको लागि ऋणपत्र जारी गर्यो भने विकासका लागि चाहिने पूँजी पनि जुट्छ। सुरक्षित र दीगो लगानी आधार पाएर बीमा कम्पनी पनि खुसी हुन्छन्। बीमा कम्पनीलार्इ हाइड्रोपावर, विमानस्थल जस्ता ठूला पुर्वाधारको निर्माणमा सहभागि गराउँदा पनि राम्रो नतिजा प्राप्त हुन सक्छ। वास्तवमा सरकारले अहिलेसम्म आफ्नै आँखा अगाडी रहेको पूँजी पहिचान गर्न सकेको छैन।
 
यस्तो बेला नियमनकारी निकायले सहजकर्ताको भुमिका निभाइ दिनु पर्छ। नियमक निकायले राक्ने मात्र नभइ बाटो खुलाउन पनि सक्नु पर्छ। नियामकले तयार गरेको बाटो हिँडेर नै कम्पनीले धेरै भन्दा धेरै जनतालाई बीमा दायरामा समेट्न सक्ने हुन्।
 
आजको दिनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै विजनेस गर्ने कम्पनी बन्न सफल भएको छ। नेपाल लाइफले गत आर्थिक बर्षमा १२ अर्ब रुपैयाँको बिजनेस गरेको छ। यो सबै कम्पनीको बिजनेशको तुलनामा ३१ प्रतिशत हिस्सा हो। नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर प्रतिहजार ६५ देखि ८२ सम्म रहेको छ। तर, हामी यही प्रगतिमा रोकिने अबस्थामा छैनौं। हामिले बीमा समितिले निर्देशन गरे अनुसारको चुक्ता पूँजी पनि पुर्याइसकेका छौँ। 

नेपाल लाइफले कहिले पनि बिदेशमा बिक्ने प्रडक्ट हेरेर कपि गरेको छैंन। हामिले नेपालको आर्थिक सामाजिक अबस्था हेरेर बीमा पोलिसी ल्याएको हुँदा सफल हुन सकेका छौँ। हाम्रा वालवालिका लक्षित प्रडक्ट धेरै विकेका छन्।
 
नेपाल लाईफले हाल २९ वटा शाखा तथा ७३ उपशाखा सञ्चालनमा ल्याएको छ। छिटै २४ वटा नयाँ शाखा विस्तारको तयारीमा छौँ। यस सँगै हाम्रो उपस्थिति ७५ वटै जिल्लामा पुग्नेछ। सरकारले १० नयाँ जीवन बीमा कम्पनीलार्इ अनुमति दिने भएसँगै हामीले आफ्नो सेवाको दायरा बढाउनु पर्ने भएको छ। हामी नेपालको हरेक कुनामा जान तयार छौँ। अहिले पनि हामी नेपालको सबै ठाँउबाट बीमा गराइरहेका छौँ। कार्यालय नपुगेका ठाँउबाट अभिकर्ता मार्फत हुने गरेको छ।