snickers

२५ रुपैयाँ किलोको प्याज ७० पुग्यो, बर्षासँगै भारतीय बजार महँगीएको असर काठमाडौंको बजारमा




काठमाडौ। बजारमा प्याजको मुल्य अकासीन थालेको छ। प्याजको मुल्य बढेर ७० रुपैयाँसम्म पुगेको छ। भारतबाट नेपालमा खपत हुने लगभग ९८ प्रतिशच प्याज आयात हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 
 
भारतमा पनि यो बर्ष उत्पादन कम भएको, उत्पादित प्याज भण्डारणका लागि बाढीले भण्डारमै असर पुर्याएकाले मूल्य बढेको हो। बर्षा र भारतीय कारणले भाउ बढेको समितिका उपमहानिर्देशक विनय श्रेष्ठले बताए।  
 
लगातारको बर्षापछि यातायात अवरुद्ध भएका कारण ढुवानीमा समस्या हुने भएकाले प्याजको मुल्य अझ बढ्न सक्ने उपमहानिर्देशक श्रेष्ठले दाबी गरेका छन्।  साथै यो बर्षाको समयमा प्याजको मुल्य केहि बढ्ने गर्दछ तर अस्वाभाविक रुपले यस बर्ष मूल्य बढेको हो। 
 
आइतबार प्याजको खुद्रा मूल्य प्रतिकेजी न्युनतम ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ पुगेको छ। गत साताबाटै मूल्य बढ्न थालेको हो। 
 
असार  अन्तिम सम्ममा थोक तर्फ न्युनतम २३ अधिकतम २५ रुपैयाँ प्याजको भाउ थियो। काठमाडौ उपत्यकामा  मात्रै  दैनिक २ सय ७० टन प्याज खपत हुने गर्दछ । यो करिव १ करोड ७० लाख रुपैयाँ माथि हो। यो बाहेकै सानातीना पसलबाट झण्डै ४९ मेट्रिक टन विक्रि हुने गर्दछ। 
 
उपमहानिर्देशकका अनुसार नेपालभित्रने ९८ प्रतिशत भारतबाट आयात हुने ,१ प्रतिशत चीनबाट तथा १ प्रतिशत नेपालको आफ्नै उपत्पादनले धान्ने गर्दछ। ९९ प्रतिशत प्याज बाहिरबाट आयात गर्नुपर्ने बाध्यताका कारणले बाहिर प्याजको मुल्यवृद्धि हुँदा हाम्रो बजारलाई पनि प्रभाव पार्दछ। 
 
भारतीय नाकाबन्दी ताका २ सय  रुपैयाँमा प्याज विक्रि भएको थियो। भारतबाट आयात ठप्प भएपछि चीनबाट प्याज आयात सुरु गरियो। चीनबाट ल्याइएको प्याज ठूल-ठूला हुने,तीन वटाको एक किलो हुने र स्वाद पनि अलि फरक खालको हुने भएकाले नेपालीले उक्त प्याज मन पराएनन्। मुल्य भने भारत बराबर रहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।  त्यस कारण चीनबाट १ प्रतिशत मात्र आयात गरिदै आएको छ। 


Share this Story

   

२५ रुपैयाँ किलोको प्याज ७० पुग्यो, बर्षासँगै भारतीय बजार महँगीएको असर काठमाडौंको बजारमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.