नेपाल हाइड्रोको साधारण सेयर भर्ने आज अन्तिम दिन, सप्तकोशीको हकप्रद शेयर भर्ने अबधि थप्यो

बिजमाण्डू
२०७४ साउन ३२ गते ११:२५ | Aug 16, 2017
काठमाडौं। नेपाल हाइड्रो डेभलपरले साउन २५ गतेदेखि निष्काशन गरेको एक सय रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता साधारण शेयर भर्ने आज अन्तिम दिन हो।
 
कम्पनीको साधारण शेयरको लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म लिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।
 
कम्पनीले जारी गरेको साधारण शेयरमध्ये दुर्इ प्रतिशतबाट हुन आउने ७ हजार ८०० कित्ता कर्मचारीको लागि र ५ प्रतिशतको १९ हजार ५०० कित्ता सामुहिक लागानी कोषको लागि छुट्टाएको छ। 
 
यस हाइड्रोपावरको उत्पादन केन्द्र दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा रहेको छ। यसक कम्पनीले दोलखा जिल्लाम ३.५२ मेघावाट क्षमताको चर्नवती खोला जलविद्युत आयोजना सम्पन्न गरिसकेको छ। उक्त आयोजनाले २०७० जेठ २४ गतेदेखि ब्यापारिक उत्पादन गर्दै आएको छ।
 
कम्पनीको साधारण शेयरको आवेदनका लागि एनएमबि क्यापिटल नागपोखरी र नेपाल हाइड्रो डेभलोपरको कार्यालय डिल्ली बजार रहेको एनएमबि क्यापिटलले जनाएको छ। साथै कम्पनीको आवेदन आस्वा सुविधा भएका सबै बैंक तथा वित्तिय संस्थाबाट दिन मिल्ने छ। 
 
यसैगरी साप्तकोशी डेभलपमेन्ट बैंकले गत असार ३० देखि भदौ १ सम्म हकप्रद शेयर निष्काशन गरेकोमा ९ गते सम्मको लागि थपेको छ। बैंकले अविर बर्षाको कारण मुलुक भरको जनजीवन अस्तव्यस्त हुन गएको हुँनाले शेयर धनीको विशेष अनुरोधलार्इ मध्येनजर गर्दै म्याद थपेको जनाएको छ।   
 

Tata
GBIME
Nepal Life