काठमाडौं । सिप्रदी टे«डिङले सोल्टी क्राउन प्लाजालाई ‘हाई लिफ्टस क्याटरिङ च्याम्प’ हस्तान्तरण गरेको छ। नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गरिने ‘हाई लिप्mटस क्याटरिङ च्याम्प’ बुधवार हस्तान्त्रण गरेको हो।
टाटाको १६१३ च्यासिसमा निर्मित च्याम्प अन्तराष्ट्रिय सुरक्षा मापदण्डअनुुसार तयार गरिएको कम्पनीले जानकारी दिएको छ। यो च्याम्पले तीन हजार केजीसम्मको वजन बोक्न सक्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ।
गाडिको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ । साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा भएको स्याण्डवीच कम्प्रेस्ड प्यानलले खानामा ताजापन कायम राख्ने दावी कम्पनीले गरेको छ ।