चिनियाँ उपप्रधानमन्त्री याङले भेटे निजी क्षेत्र, चिनियाँ लगानी ल्याउने वातावरण बनाउन आग्रह

बिजमाण्डू
२०७४ साउन ३२ गते १७:२१ | Aug 16, 2017
चिनियाँ उपप्रधानमन्त्री याङले भेटे निजी क्षेत्र, चिनियाँ लगानी ल्याउने वातावरण बनाउन आग्रह
काठमाडौं।नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालका व्यवसायिक संगठनसँग द्धिपक्षिय व्यापारका बारेमा छलफल गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिमण्डलसँग याङले छलफल गरेका थिए।छलफलमा महासंघकी अध्यक्ष भवानी राणाले नेपाल विस्तारै समृद्धिको मार्गतर्फ अघि बढेको बताउँदै यो अवस्थामा चिनियाँ सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बतार्इन्।
 

'हाम्रो क्षमता अभिवृद्धि गर्न होस वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन होस वा नेपाल भित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनिया“ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको छ', उनले भनिन्।राणाले चीनसँगको बढ्दो व्यापार घाटा घटाउन नेपाली उत्पादनलार्इ सहज बजार प्रवेशको वातावरण बनार्इदिन आग्रह गरिन्।

उनले नेपाल र चीनको संयुक्त लगानीमा उद्योग स्थापना गरी चीनमा सामान निर्यात गर्न सकिने बताउँदै चिनियाँलगानी ल्याउने वातावरण तयार गरिदिन आग्रह गरिन्।उपप्रधानमन्त्री याङले नेपाली निजी क्षेत्रसँगको छलफलले दुर्इ देशबीच आर्थिक सहकार्य गरेर अघि बढ्न मार्गप्रशस्त गरेको बताए।

भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले समेत बोलेका थिए।भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायतको उपस्थिती रहेको थियो।