वीरगन्ज भन्सारले बिहीबारदेखि जिएसटी बिललार्इ मान्यता दिने, अब यसरी हुनेछ भन्सार जाँचपास

रासस
२०७४ साउन ३२ गते २०:३६ | Aug 16, 2017
वीरगन्ज। भन्सार कार्यालय, वीरगंज, पर्साले बिहीबारदेखि भारतबाट पैठारी भई नेपाल भित्रिने सबै प्रकारका वस्तुमा जिएसटी (वस्तु तथा सेवा कर) प्रणाली लागु गर्ने भएको छ ।
 

भारतबाट पैठारी भई कृषिउपज, खाद्यान्न, दलहन, जिवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल, एलपि ग्यांसबाहेकका वस्तुमा सो प्रणाली लागु हुने वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले बताए।जिएसटी विजकमा जिएसटी र सोबमोजिम बिल अफ एक्सपोर्टमा पनि जिएसटी जोडिएर मूल्य उल्लेख भएको हकमा जिएसटीको रकम समेत जोडी कारोबार मूल्य घोषणा गर्नुपर्ने व्यवस्था छ ।
 
कारोवारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरेको छ ।भन्सार कार्यालयले एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको मालबस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको वस्तु अनिवार्यरुपमा सो दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था गरेको छ ।
 
यसअधि आयातकर्ताले भारतबाट पैठारी गर्दा भारतीय भंसारको विलको आधारमा कम मूल्य तोकेर भ्याट बिल काटिने व्यवस्थाका कारण भन्सार राजस्व ह्रास हुँदै आएको थियो भने अब भने यो प्रणाली लागु भएपछि एजेन्टहरुले गर्ने मनोमानी भने हट्ने विश्वास भन्सार कार्यालयले जनाएको छ ।
 
उक्त प्रणाली लागु भएपछि एजेन्टहरुले बनाउने नक्कली विल नियन्त्रणमा आउने विश्वास लिइएको छ । पहिलो चोटी लागु भएको यो प्रणाली वीरगंज भन्सार कार्यालयको मागअनुसार बुधबारदेखि मुलुकभर लागु हुने जनाइएको छ । 
 

Tata
GBIME
Nepal Life