पावर कन्ट्रोल र व्यालेन्सको समिश्रण एफजेड २५ स्ट्रिटफाइटर सार्वजनिक, मूल्य ३ लाख ४५ हजार

बिजमाण्डू
२०७४ भदौ १ गते १३:४९ | Aug 17, 2017
पावर कन्ट्रोल र व्यालेन्सको समिश्रण एफजेड २५ स्ट्रिटफाइटर सार्वजनिक, मूल्य ३ लाख ४५ हजार

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा एमडव्लु इन्टरप्राइजेजले यामाहाको नयाँ एफजेड २५ स्ट्रिट फाइटर बाइक सार्वजनिक गरेको छ। २० देखि ३५ वर्षसम्मका राइडरहरुलाई लक्षित गर्दै अत्याधुनिक प्रविधीयुक्त फ्युल इन्जेक्सन, एयरकुलर विथ आयल कुलर ४ स्ट्रोक एसओएचसी बाइक ल्याएको हो। यसमा  २ भल्भ, सिँगल सिलीन्डर शक्तिशाली इन्जिन छ। 



 
रोबस्ट डिजाइनयुक्त नेपाली सडक सुहाउँदो बनाइएको स्ट्रीट फाइटरले ४३ किमी प्रति लिटर माइलेज दिनुका साथसाथै वातावरणमैत्री भएको कम्पनी विज्ञप्तिमा उल्लेख गरेको छ। वाइक ग्राहक वर्गले माइनस ५ डिग्री सेल्सियसमा पनि सहजै स्टार्ट गर्न सक्ने मुख्य विशेषता रहेको एमडव्लु इन्टरप्राइजेजका सहमहाप्रवन्धक दिपक रौनियारले बताए।  
 
वाइक व्यालेस्टीक ब्लु, वारियर ह्वाइट र नाइट ब्ल्याक गरि तीनवटा रङमा उपलव्ध छ। एमडव्लु इन्टरप्राइजेजले एफजी २५ को बजार मुल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ। 
 
वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डर्ड निर्माण गरिएको प्योटेन्डेड ब्लुकर इन्जीनयुक्त एफजी २५ स्ट्रिट फाइटरमा  २४९ सीसीको बिश्वासीलो इन्जिन जडान गरिएको विज्ञप्तिमा उल्लेख छ।


 
पावर कन्ट्रोल र व्यालेन्सको समिश्रण युक्त एफजेड २५ स्ट्रिटफाइटरले उच्च तहको राइडीङ पर्फमेन्स र स्टाइलिङलाई अंगालेको विज्ञप्तीमा उल्लेख छ। वाइक राइडर्सको लागि लक्षित भएपनि उतकृष्ट डिजाइन र आरामदायी विशेषताले दैनिक प्रयोजनका लागि पनि उपयुक्त रहेको रौनियारले बताए।


 
६ महिनाअघि इन्डीयामा एफजी २५ स्ट्रिट फाइटर सार्वजनिक भइसकेको तर नेपालको मौसम र बाटो हरुलाई मध्नजर गर्दै कम्पनीले ग्राहकवर्गहरुको विश्वाश जित्न उक्त वाइक ६ महीना परिक्षणमा राखेको थियो। एफजेड २५ स्ट्रिट फाइटर नेपाल वातावरणमैत्री देखिएपछि सार्वजनिक गरिएको रौनियारले बताए। एफजेड २५ टेस्ट ड्राइभ गर्ने ग्राहकलाई कम्पनीले एप्पलको म्याकबुक जित्ने स्किम राखेको छ।