राष्ट्रिय बीमा संस्थानको नाफा किन घट्यो?, तीन अर्ब ५० करोड रुपैयाँ दाबी भक्तानी गर्यो

बिजमाण्डू
२०७४ भदौ २ गते १०:५७ | Aug 18, 2017
काठमाडौं। राष्ट्रिय बीमा संस्थानको नाफा १८५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्षमा एक करोड ९४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले यसपाली ६८ लाख रुपैयाँ मात्र नाफा गरेको छ। 
 
संस्थाको बीमा शुल्क आम्दानी घटेको छ। गत आर्थिक बर्षमा संस्थानको बीमा शुल्क दुर्इ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक बर्षमा दुर्इ अर्ब ४६ करोड रुपैयाँ थियो। संस्थानको गत आर्थिक बर्षमा तीन अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा संस्थानले दुर्इ अर्ब ९७ करोड रुपैयाँ दाबि भुक्तानी गरेको थियो। 
 
संस्थानको चुक्ता पूँजी ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड १७ लाख रुपैयाँ रहेको छ। 

Tata
GBIME
Nepal Life