बाढी पहिरो पिडितलाई ग्लोबल आइएमईको ६५ लाख सहयोग, उद्दार कोषको नाममा बैंकमा खाता पनि

बिजमाण्डू
२०७४ भदौ २ गते ११:४६ | Aug 18, 2017
बाढी पहिरो पिडितलाई ग्लोबल आइएमईको ६५ लाख सहयोग, उद्दार कोषको नाममा बैंकमा खाता पनि
काठमाडौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई राहत पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बैंक अध्यक्ष चन्दप्रसाद्र ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बिहान उक्त रकमको चेक हस्तान्तरण गरे। 

Tata
GBIME
Nepal Life


 

बैंकले आफ्नो तर्फबाट ५१ लाख एवं सम्पूर्ण कर्मचारीको १ दिनको तलब बराबर हुनआउने १४ लाख रुपैँया गरि ६५ लाखको चेक हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायत व्यवस्थापनका उच्च अधिकारीको उपस्थितीमा प्रधानमन्त्री निवास बालुवाटरमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो।
 
प्रधानमन्त्री देउवासँगको भेटमा अध्यक्ष ढकालले विगतमापनि बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत प्राकृतिक विपत्तको समयमा सहयोग गरेको स्मरण गर्दै भविश्यमा पनि मुलुकमा आइपर्ने विपत्तिबाट पिडामा पर्नेहरुलाई सहयोग गर्न तत्तर रहेको जानकारी दिए। 
 
बाढी पहिरो पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा बैंकको ज्ञानेश्वर शाखामा खोलिएको ‘०४११०१००००००५’ नम्बरको खातामा इच्छुकले सहयोग रकम समेत जम्मा गर्न सक्ने बैंकले जनाएको छ।