वाढि पिडितलाई सिटिजन्स बैंकको पनि सहयोग, पिडितलाई सहयोग गर्न चाहनेका लागि बैंक खाता

बिजमाण्डू
२०७४ भदौ २ गते १२:३१ | Aug 18, 2017
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले बाढि पिडितलाई राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोक्षमा रकम हस्तान्तरण गरेको हो।
 
बैंकले ११ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो। भुकम्प पिडितका लागि बैंकले अघिल्लो बर्ष एक करोड प्रदान गरेको थियो।
 
पिडितलाई सहयोग पुर्याउनका लागि बैंकले  प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम संकलन गर्न खाता सञ्चालनमा ल्याएको छ। बैंकको 0010002562CA खातामा रकम जम्मा गरेर पनि पिडितलाई प्रधानमन्त्री कोषमार्फत सहयोग गर्न सकिने बैंकले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life