सेयर बजार झर्नुको कारण यस्तो छ, पाँच कम्पनीको नयाँ सेयर सुचीकृत, कारोबारमा पनि गिरावट

बिजमाण्डू
२०७४ भदौ २ गते १५:३४ | Aug 18, 2017
काठमाडौँ। बाढिपहिरोको सेन्टिमेन्टले सेयर बजारलाई पनि छोएको छ। पूँजी बजारमा कारोबारमा आएका सात समूहमा गिरावट आउँदा कारोबार र सुचक दुबै झरेको छ। 
 
दोस्रो बजारमा १७८ कम्पनीको शेयर खरिद बिक्रि भए। २७ हजार चार सय ६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्। ८४ लाख ४६ हजार चार सय ६० कित्ता शेयर खरिद बिक्रि भएका हुन्। अघिल्लो साताको तुलनामा कारोबार रकम १९.९५ प्रतिशत कम हो। 
 
सूचक पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर १६२९.७५ अंकमा ओर्लिएको छ। गत साता पनि शेयर बजार ११.५२ अंकले घटेर १६५३.५३ अंकमा ओर्लिएको थियो। कारोबार रकम पनि गत साता २७.३० प्रतिशतले घटेको थियो। दुई सातामा बजार करिब २४ अंकले घटेको छ। 
 
'मुलत वाढिपैरोको असर पनि सेयर बजारमा देखिएको हो' इन्भेस्टर फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेले भने। 
 
साताभर सबैभन्दा बढि १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ। साताभर पाँच कम्पनीको साधारण, हकप्रद र बोनस शेयर सुचिकृत भएका छन्। फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक र सानिमा बैंकको हकप्रद, सेती फाइनान्सको बोनस सेयर र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सुचिकृत भएको छ। 

Tata
GBIME
Nepal Life