हेलि एयर नेपालले पनि पायो उडान अनुमति, दक्षिण एसियामै पहिलो ‘लाइट’ हेलिकोप्टर उड्ने!

बिजमाण्डू
२०७४ भदौ २ गते १६:५९ | Aug 18, 2017
हेलि एयर नेपालले पनि पायो उडान अनुमति, दक्षिण एसियामै पहिलो ‘लाइट’ हेलिकोप्टर उड्ने!
काठमाडौं।नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलि एयर नेपाल प्रालिलार्इ हेलिकोप्टर उडानका लागि अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले शुक्रबार यो कम्पनीलार्इ उडान अनुमतिको स्वीकृती दिएको हो।कम्पनीले दुर्इवटा 'लाइट' हेलिकोप्टर ल्याइसकेको छ।यो हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ। झण्डै चार महिना अघि हेलिकोप्टर ल्याएपनि बल्ल मात्रै कम्पनीले उडान अनुमति पाएको हो।कम्पनीले फ्रान्समा निर्मित ब्राण्ड न्यू हेलिकोप्टर ल्याएको हो।कम्पनीले भदौंको तेस्रो सातादेखि उडान थाल्नेछ।
 

यो हेलिकोप्टरले बाग्लुङको बलेवा विमानस्थललार्इ आधार बनाएर उडान गर्नेछ।ग्यास लगायतका व्यवसाय गरिरहेको गृहलक्ष्मी समूह हवार्इ उड्ययन क्षेत्रमा हात हालेको छ।समूहका अध्यक्ष धर्मराज बर्तौलाले उडान अनुमतिको स्वीकृतीसँगै भदौको तेस्रो सातादेखि उडान थाल्ने बताए।उनले दक्षिण एसियामै पहिलो पटक लाइट हेलिकोप्टर ल्याएर उडान सुरु गर्न लागेको बताउँदै यो हेलिकोप्टरबाट आन्तरिक तथा वाह्य पर्यटकलार्इ माउण्टेन फ्लाइट र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने बताए।
 
'यो हेलिकोप्टर बलेवा बेस्ड र पोखरा सबबेस्ड बनाएर उडान गर्न अनुमति पाएको छ।हामीले कर्पोरेट समूहलार्इ लक्षित गरेर मुलुकभित्रको मनोरम दृश्यावलोकन लगायतका फ्लाइट मात्रै गर्नेछौ'उनले बिजमाण्डूसँग भने,हाम्रो उदेश्य पर्यटन प्रवर्द्धन गर्नुनै हो।'उनले अत्याधुनिक हेलिकोप्टर भएकोले सुरक्षित समेत रहेको दाबी गरे।
 
'यो हेलिकोप्टर सुरक्षित पनि छ।विषम परिस्थितिमा समेत जतासुकै ल्याण्ड गर्नसक्ने भएकोले सुरक्षित समेत छ'उनले भने।उनका अनुसार यो हेलिकोप्टरसँगै केही समयभित्रै ठूलो हेलिकोप्टर समेत ल्याउने बताए।हेलि एयर नेपालमा बर्तौलासँगै विदेश बसेर आएका रोनन लामिछाने(र्इश्वर)को पनि लगानी छ।